तीन दशकदेखि अलपत्र बीउ घर सञ्चालनको माग

पर्वत । कुश्मा नगरपालिका– ९ कटुवाचौपारीमा निर्माण गरिएको यहाँको एकमात्र ‘बीउ घर’ (मिनिसिड हाउस) सञ्चालनका लागि माग स्थानीयले गरेका छन् । बीऊ घर विगत तीन दशक अघिदेखि अलपत्र अवस्थामा छ ।
किसानले उत्पादन गरेका अन्न तथा तरकारी बाली प्रशोधन र परीक्षण गर्न सञ्चालनमा ल्याइएको बीउ घर सम्बन्धित निकायको बेवास्ताका कारण २०४९ सालदेखि बन्द छ । विसं २०३३ मा बनेको भवन र लाखौँ मूल्यका उपकरण प्रयोगमा आउन नसकेकाले भवन भत्कने र उपकरण कामै नलाग्ने अवस्थामा पुगेक स्थानीय रामशर्मा पौडेलले बताए ।
भवनमा रहेका मोइक्सर टेस्टर (बीउको आद्रता नाप्ने यन्त्र), ग्रडिङ प्लेट, ग्रेडिङ जाली, स्केपिङ जाली, मकै छोडाउने भाडा, एभर स्केल, सीड लिनर जस्ता मेसिन बिग्रिसकेका छन्् । तरकारी र बीउ प्रर्बद्धन परियोजनाले निर्माण गरेको भवन एक रोपनी सात आना तीन पैसा दुई दाम क्षेत्रफलमा फैलिएको छ ।
सो भवन परियोजनाले कृषि सामग्री संस्थानलाई हस्तातरण गरेपनि त्यसको उचित रेखदेख र प्रयोगमा नल्याउँदा अलपत्र बनेको हो । भवन अलपत्र पर्दा कृषकहरुले बिउ प्रशोधन गर्नवाट बञ्चित भएका छन् । किसानले उत्पादन गरेका धान, मकै, आलु, तरकारिका बीउ परीक्षण नगरी लगाउने गरेकाले यस क्षेत्रमा उत्पादन कम हुने गरेको किसमाले गुनासो गरेका छन् ।
कुश्मा नगरपालिकाका कटुवाचौपारी, पीपलटारी, शङ्करपोखरी, ठुलीपोखरी, शङ्करपोखरीलगायत दुई दर्जनभन्दा बढी वडाका बासिदाले पुनःसञ्चालनका लागि माग गरेका हुन् । ‘मिनिसिड हाउसमा मकै, गहु‘ लगायतका बाली प्रसोधन गर्ने गरेका थियौँ’, कटुवाचौपारी–३ का तोयनाथ पौडेलले भने, ‘बीउ प्रशोधन गरी बाली लगाउँदा उत्पादन पनि बढी भएको थियो, अहिले त प्रशोधन नगरी बाली लगाउनाले कम उत्पादन भइरहेको छ ।’
सदरमुकाम कुश्माबजारभन्दा बाहिर रहेको भवनलाई आवश्यकताअुनसार प्रयोग गर्न नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड पर्वतले जनाएको छ । सरकारले आवश्यक सहयोग गरेमा पुनः सञ्चालन गर्न सकिने वडा अध्यक्ष राम शर्मा लामिछानेको भनाइ छ ।
भौतिक सुधार र संरक्षणको अभावमा भवनसमेत जीर्ण बन्दै गएको छ । उक्त भवनबारे नगरपालिकासमेत बेखबर छ । अलपत्र बनेको भवनको विषयमा आवश्यक जाँचबुझ गर्ने वडाध्यक्ष लामिछानेले बताए ।

एक्कासी कसरी दुब्ला भए जुनियर एनटिआर, तस्विर देखेर फ्यानहरू अचम्मित

आजको मौसमः अरब सागरबाट भित्रिएकाे जल वाष्पयुक्त हावाको प्रभाव रहने

मोहनलालको एम्पुरान बन्यो सबैभन्दा बढी कमाउने मलायालम फिल्म

यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार…

अन्ततः अगस्त १४ मा भिडने भए ऋतिक रोशन र रजनीकान्त

रबि लामिछानेलाइ थुनामा पठाउने उच्च अदालतको आदेश

आजको मौसमः कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का हिमपात

प्रतिक्रिया