गोरखामा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने प्रधानमन्त्री इच्छा

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गोरखामा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने आफ्नो इच्छा रहेको बताएका छन् ।
गोरखाको अजिरकोट गाउँपालिकाले आज भच्चेकमा आयोजना गरेको पालिकाभित्रका जनप्रतिनिधि, राजनीतिक दल तथा नागरिकसँगको अन्तक्र्रियाका क्रममा प्रधानमन्त्री दाहालले चीन सरकारले नेपालमा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने प्रस्ताव गरेको भन्दै उक्त पार्क गोरखामा निर्माण गर्ने इच्छा व्यक्त गरेका हुन् ।
‘आसन्न चीन भ्रमणका क्रममा नेपालको कृषि क्षेत्रको विकासको सन्र्दभमा पनि छ’, प्रधानमन्त्री दाहालले भने, ‘एउटा एग्रिकल्चर टेक्निकल पार्क बनाउने प्रस्ताव चीन सरकारको छ, त्यो पार्क कहाँ बनाउनेभन्दा अहिले मेरो निर्णय नै त होइन तर उक्त पार्क गोरखामा नै बनाउने इच्छा छ ।’
एग्रिकल्चर पार्कमा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि, पशुपालन र उद्योग पनि एउटै ठाउँमा केन्द्रित रहने गरी निर्माण गर्ने सोच आफ्नो रहेको उनले बताए । ‘पर्याप्त जमिन भयो भने गोरखामा मेरो आफ्नै निर्वाचन क्षेत्रमा एउटा ठूलो परियोजना निर्माण गरौँ, जसले हजारौँलाई रोजगारी दिन सकोस र यहाँको जनताको जीवनमा आमूल परिवर्तन ल्याउन सकोस् मेरो त्यतातर्फ ध्यान छ ।’ प्रधानमन्त्री दाहालले भने ।
उनले यही कार्यकालमा मुलुकलाई सफल बनाउने गरी आफूले काम गरिरहेको बताए । ‘व्यवस्था फेरियो तर अवस्था फेरिएन भन्ने ठाउँबाट देशलाई व्यवस्था मात्र होइन अवस्था पनि फेरियो भन्ने ठाउँमा पु¥याउने काम अहिलेको पार्टी नेतृत्वबाट सम्भव छ’, प्रधानमन्त्री दाहालले भने ।

सगरमाथासहितका १० हिमालबाट १०८ टन फोहर सङ्कलन

जनकपुरमा अनुगमनका क्रममा हानिकारक चम्पाइरङ प्रयोग भएको मासु जफत

विदेशमा पशुपति प्रसाद २ः भष्मे डनको उच्च माग

आँबुखैरेनीमा रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययन गर्न सम्झौता

दोहोरो अङ्कले घट्यो नेप्से

पोखरालाई पर्यटकीय राजधानी बनाउने बहस कहिलेसम्म ?

सिद्धगुफाभित्र बन्दीपुर गाउँपालिकाको कार्यपालिका बैठक

प्रतिक्रिया