चिकित्सकसँग वार्ता गर्न वार्ता समिति गठन

काठमाडौँ । सरकारले आन्दोलरत नेपाल चिकित्सक सङ्घसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाको संयोकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमले जानकारी बताए ।
समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य रहने गरी पाँच सदस्यीय वार्ता समिति गठन गरिएको छ ।
उक्त समितिले अहिले नै वार्ताका लागि चिकित्सकलाई आवहनसमेत गरिसकेको छ । चिकित्सकमाथिको आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै आज देशभरिका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा सङ्घले बन्द गरेको छ ।

सगरमाथासहितका १० हिमालबाट १०८ टन फोहर सङ्कलन

जनकपुरमा अनुगमनका क्रममा हानिकारक चम्पाइरङ प्रयोग भएको मासु जफत

विदेशमा पशुपति प्रसाद २ः भष्मे डनको उच्च माग

आँबुखैरेनीमा रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययन गर्न सम्झौता

दोहोरो अङ्कले घट्यो नेप्से

पोखरालाई पर्यटकीय राजधानी बनाउने बहस कहिलेसम्म ?

सिद्धगुफाभित्र बन्दीपुर गाउँपालिकाको कार्यपालिका बैठक

प्रतिक्रिया