संस्कृति हाम्रा पहिचान हुन्ः प्रदेश प्रमुख गुरुङ

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संस्कृति हाम्रो पहिचान भएको बताएका छन् ।
नेपाली महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले चाडपर्व हाम्रा संस्कृतिक पहिचान भएको उल्लेख गरे । मौलिक संस्कृतिको प्रवद्र्धन गदै संस्कारयुक्त सामाजिक वातावरण तयार गर्न यस्ता चाडपर्वहरूको मौलिकता जोगाउनु अहिलेको आवश्यकता रहेको सन्देशमा भनिएको छ ।
सामाजिक एकताको प्रतीकका रूपमा रहेको हरितालिका तीजले सबैमा खुसी साटासाट गर्दै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्धलाई दृढ गर्न सकोस् भन्ने उनले शुभकामना व्यक्त गरेका छन् ।
‘हरितालिका तीजलाई नेपाली महिलाले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएका छन्’, उनले भने, ‘भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा आफ्नो र आफ्नो परिवारजनको कल्याणको लागि तृतीयका दिन शिव–पार्वतीको र पञ्चमीका दिन सप्तऋषिको पूजा, उपासना गर्नाले मनोकामना पूरा हुने विश्वास छ ।’
विवाह पश्चात् महिलाहरू आफ्नो जन्मघर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाजलाई छोडेर कर्मघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा समेत तीज पर्वलाई महिलाहरूले लिने गरेको प्रदेश प्रमुख गुरुङले भनेका छन् ।

सगरमाथासहितका १० हिमालबाट १०८ टन फोहर सङ्कलन

जनकपुरमा अनुगमनका क्रममा हानिकारक चम्पाइरङ प्रयोग भएको मासु जफत

विदेशमा पशुपति प्रसाद २ः भष्मे डनको उच्च माग

आँबुखैरेनीमा रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययन गर्न सम्झौता

दोहोरो अङ्कले घट्यो नेप्से

पोखरालाई पर्यटकीय राजधानी बनाउने बहस कहिलेसम्म ?

सिद्धगुफाभित्र बन्दीपुर गाउँपालिकाको कार्यपालिका बैठक

प्रतिक्रिया