२०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो ।
सुनको मूल्य आइतबार तोलामा ५०० रुपैयाँले बढेको थियो । आज २०० रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले बढेको छ । सोमबार चाँदीको कारोबार प्रतितोला १४ सय ५ रुपैयाँमा भइरहेको छ । ५ रुपैयाँले बढेपछि आइतबार चाँदीको कारोबार मूल्य तोलामा १४ सय रुपैयाँ कायम थियो ।

सगरमाथासहितका १० हिमालबाट १०८ टन फोहर सङ्कलन

जनकपुरमा अनुगमनका क्रममा हानिकारक चम्पाइरङ प्रयोग भएको मासु जफत

विदेशमा पशुपति प्रसाद २ः भष्मे डनको उच्च माग

आँबुखैरेनीमा रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययन गर्न सम्झौता

दोहोरो अङ्कले घट्यो नेप्से

पोखरालाई पर्यटकीय राजधानी बनाउने बहस कहिलेसम्म ?

सिद्धगुफाभित्र बन्दीपुर गाउँपालिकाको कार्यपालिका बैठक

प्रतिक्रिया