कौसिद ट्रेलरमा ऋणको कथा

काठमाडौँ । अभिनेत्री ऋचा शर्मा र अभिनेता भोलाराज सापकोटा अभिनित फिल्म ‘कौसिद’को ट्रेलर सार्वजनिक गरिएको छ । ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको फिल्मको ट्रेलरले धेरै नेपालीको पीडा भाव बोल्छ ।
यही असोज २६ गतेबाट प्रदर्शनमा आउने फिल्मका निर्माता केदार भुषाल हुन् । विजया दशमीको छेको पारेर फिल्म प्रदर्शनमा ल्याउन लागिएको हो । फिल्ममा कुमार भास्करको निर्देशन छ ।
फिल्ममा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनीलगायतका कलाकारको अभिनय रहेको छ । फिल्मका कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सह–निर्माता लक्ष्मण बानियाँ हुन् ।
फिल्ममा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको कथा रहेको छ । निसाल पौडेलको छायाङ्कन रहेको फिल्ममा भीम विश्वकर्माको सम्पादन, सुदीप श्रेष्ठको कलर रहेको छ । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ ।

सगरमाथासहितका १० हिमालबाट १०८ टन फोहर सङ्कलन

जनकपुरमा अनुगमनका क्रममा हानिकारक चम्पाइरङ प्रयोग भएको मासु जफत

विदेशमा पशुपति प्रसाद २ः भष्मे डनको उच्च माग

आँबुखैरेनीमा रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययन गर्न सम्झौता

दोहोरो अङ्कले घट्यो नेप्से

पोखरालाई पर्यटकीय राजधानी बनाउने बहस कहिलेसम्म ?

सिद्धगुफाभित्र बन्दीपुर गाउँपालिकाको कार्यपालिका बैठक

प्रतिक्रिया