नेपाल युएईसँग पराजित

काठमाडौँ । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध शानदार जित हासिल गरेको छ । साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रङ्गशालामा सम्पन्न खेलमा युएईले नेपाललाई ४–० गोलअन्तरले पराजित गरेको हो ।
युएईले खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा थप दुई गोल गरेको थियो । युएईका लागि हरिब अब्दुल्लाह अल्मुशरखले दुई गोल गरे भने अली सलेह अम्रो र हाजिम अब्बासले समान एकरएक गोल गरे ।
अल्मुशरखले खेलको १२औँ र १४औँ मिनेटमा गोल गरेका थिए भने अम्रोले ५३औँ र अब्बासले ७५औँ मिनेट गोल गरेपछि यूएईले शानदार जित हासिल गरेको हो । जितसँगै पाँच जितका साथ युएईले १५ अङ्क जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा छ । पाँच वटै खेलमा पराजित नेपाल भने अङ्कबिहीन छ । नेपालले अन्तिम खेलमा यही जेठ २९ गते यमनसँग खेल्नेछ ।

चीनले फेला पारयाे विश्वकै सबैभन्दा ठुलो सुनखानी, जसकाे मुल्य ८७ अर्ब डलर

अब बिवाइडी ५ मिनेटमा चार्ज हुने, ४ सय किमी कुदाउन सकिने

कहिले आउछ पुष्पा-३ ?

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

स्वर्गीय महेन्द्र बहादुर कार्कीको सम्झनामा रक्तदान

पूर्वराजाको स्वागतमा आज राजावादीहरुले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

पौडेलद्वारा कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा

प्रतिक्रिया