पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५० हजार भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद सङ्कलन गरिएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार जेठ महिनामा रु १६ लाख ६५ हजार नौ सय ५६ सङ्कलन भएको छ । सङ्कलित भेटी बैङ्कमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
समितिले मन्दिरको आय हरेक महिना सार्वजनिक गर्दै आएको छ । चालु आर्थिक वर्षको जेठसम्ममा दुई लाख २८ हजार आठ सय ९६ जनाले पाथीभरा मन्दिरमा पूजा गरेका समितिले जनाएको छ ।

भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

भाजपा सांसद कंगना रनावतले गर्ने भइन हलिउडमा डेब्यु

आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने र तीन प्रदेशमा हिमपात

आजको मौसमः तीन प्रदेशका पहाडी भागमा पानी पर्ने

आजको राशिफल: २०८१ बैशाख ८ गते साेमवार

सलमानको 'सिकिन्दर' लाई धुलो चुटाउने मोहनलालको फिल्म अब ओटिटीमा

प्रतिक्रिया