पात्रलाई जीवन्त बनाउने तेज

काठमाडौं । कक्षा ५ मा पढ्ने बेलामा कलाकार तेज गिरी पढ्ने विद्यालयमा नाटक मञ्चन गर्ने टोली आएर नाटक देखाउँदा देखि नै उनले कलाकार बन्ने सपना सजाएका थिए । उनी राजेश हमालको फिल्म हेर्दै आफुलाई पनि राजेश हमाल जस्तै हिरो बनाउने सपना साँच्थे । उनी स्कुल र कलेज पढ्ने बेलाका साप्ताहिक पत्रिकाको मध्य पृष्ठमा आउने हिरो तथा मोडलहरुको तस्बिरले उनका घरका भित्ताहरु रंगिने हुन्थे ।
६ कक्षा पढ्दा नै उनले पहिलो पटक आफ्ना साथीभाईहरुलाई जम्मा गरेर दशैंको अवसर पारेर सयौं मानिसको माझ नाटक मञ्चन गरेका थिए । त्यही बेला देखि नै कलाकारितामा होमिएका उनी सडक नाटक, नाटक, आरजे, भिजे, मिस्टर नेपाल २०१२ को मोष्ट ट्यालेन्ट र मोडलिङ्ग हुँदै विसं. २०७२ मा प्रदर्शन आएको घनश्याम लामिछाने निर्देशित नेपाली फिल्म ‘धौली’ मार्फत नेपाली फिल्ममा पाइला चालेका उनले अहिले सक्रिय छन् ।
हालसम्म उनले एक दर्जनभन्दा धेरै फिल्ममा फरक फरक भुमिकामा अभिनय गरिसकेका छन् । उनलाई पात्रलाई न्याय गर्न सक्ने क्षमता भएको कलाकारको रुपमा लिने गरिन्छ । जब उनले निर्माता निर्देशकको हातबाट स्क्रिप्ट पाउछन् । उनले एकपटक स्क्रिप्ट पढ्छन् र आफुलाई भनिएको पात्रको मनस्थिति बुझ्ने र आफ्नो सोच र क्रियाकलापहरु परिबर्तन गर्ने काम सुरु गर्छन् ।
जबसम्म सुटिङ्ग सकिन्न तबसम्म उनी त्यो पात्रबाट बाहिर निस्किदैनन् । उनले अत्यन्तै चर्चा कमाएको फिल्म ‘प्रेमगन्ज’को पात्रको लागि उनले आफ्नो सिक्स प्याक सहितको आकर्षक शरीर बिगारेका थिए । यहीकारण उनले १ वर्षसम्म आफुलाई डिप्रेसनका बिमारी सरह बनाएका थिए । उनले यो फिल्मबाट ‘उत्कृष्ट अभिनेता’को अवार्ड समेत जितेका थिए ।
उनलाई फिल्म ‘यस्तो पो वडाअध्यक्ष’मा वडाअध्यक्ष बन्न उनले गरेको मेहनत पनि कम्तिको छैन । त्यस्का लागि उनले देशभरका राम्रो काम गरेर चर्चा कमाएको धेरै वडाअध्यक्षलाई भेट्ने र पात्रलाई जिवन्त बनाउने काम गरेका थिए ।
भर्खर मात्र सुटिङ्ग सम्पन्न भएको निर्देशक माधब राज खरेलद्वारा निर्देशित फिल्म ‘मृत्युकोष’मा उनले अवकास प्राप्त शिक्षकको पात्रलाई न्याय गर्नको लागि गरेको रुपान्तरण पनि बेग्लै छ । जब उनले त्यो पात्रमा काम गर्ने निर्णय भयो । तेसै दिन देखि उनले पात्रको न्यायका लागि अवकास प्राप्त शिक्षकलाई भेटि उक्त पात्रको बोलीचाली लवज र मनस्थिति बुझी लगभग २ महिना आफ्नो लवाई खवाई हाउभाउ सबै परिबर्तन गरेका थिए ।
कलाकारहरु एकैपटक छायांकन स्थलमा पुगेर पात्रमा डुब्ने गर्छन् र सट सकिना साथ त्यो चरित्रबाट बाहिर निस्कन्छन् तपाईं चाहिँ किन यो सब गर्नुहुन्छ भनी सोध्दा उनी सुनाउछन् स्–सबैको आफ्नो आफ्नो तरिका हुन्छ, म रोल लामोछोटो जे भए पनि अतेन्तै गम्भीर रुपमा लिने गर्छु र मलाई आफुले गरेको कामले आफैलाई चित्तबुझ्दो हुनुपर्छ जस्तो लाग्छ । छायांकन सुरु हुन पुर्व नै आफुलाई त्यो पात्रमा रुपान्तरित गर्न सक्यो भने काम गर्न अतेन्तै सजिलो हुन्छ र चरित्रलाई न्याय पनि गर्न सकिने भएकोले म त्यो अभ्यास गर्ने गर्छु ।
उनीसँग काम गर्ने निर्माता निर्देशकले उनलाई कडा मेहनत गर्ने र पात्रको चरीत्रलाई न्याय गर्न सक्ने कलाकारको रुपमा लिने गर्दछ्न् । हाल उनी दशैपछि छायांकन हुने नयाँ चलचित्रको तयारीका लागि जुटिरहेका छन् । अन्तिममा यो तपाँईको कलाकारिताको यात्रा कहिलेसम्म अघि बढ्नेछ भनी सोध्दास्–जबसम्म म यो धर्तिमा जिवित रहन्छु तब सम्म मेरो कलाकारिताको यात्रा पनि जिवित रहन्छ,उनले हाँस्दै सुनाए ।

आजको मौसमः पाँच प्रदेशमा हिमपात हुने

आज २०८१ फागुन ४ गते आईतबारको राशिफल

अहिलेका प्रधाननमन्त्री जतिबेला शक्ति पुग्नुहुन्छ, संविधान च्यात्न खोज्नुहुन्छः प्रच…

आजको राशिफल: २०८१ फागुन ३ गते शनिवार

शाकाहारीले खानै पर्छ यी ४ चिज, जसले सबै भिटामिन र मिनरल्स दिन्छ

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशकाे माैसम बदली रहने

आज २०८१ फागुन २ गते शुक्रबारको राशिफल

प्रतिक्रिया