ईश्वरको पुरा भयो सपना मेरो

काठमाडौं । आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘ईश्वर’को गीत ‘पुरा भयो सपना मेरो’ सार्वजनिक भएको छ । रवि ओड र बेनिशा पौडेलको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द र राजेन्द्र बजगाईंको संगीत छ ।
ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा फिल्मका कलाकारद्वय ध्रुव थापा र कृष्टि गुरुङ फिचर्ड छन् । गीतमा ध्रुव र कृष्टिलाई रोमान्टिक भावमा देखाइएको छ ।
राजु गिरी निर्देशित फिल्ममा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ ।
दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा हरिबहादुर थापाको निर्माण छ । फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । फिल्ममा लक्ष्मी कुँवर थापा प्रस्तुतकर्ता छिन् ।
फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्ममा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ ।

भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

भाजपा सांसद कंगना रनावतले गर्ने भइन हलिउडमा डेब्यु

आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने र तीन प्रदेशमा हिमपात

आजको मौसमः तीन प्रदेशका पहाडी भागमा पानी पर्ने

आजको राशिफल: २०८१ बैशाख ८ गते साेमवार

सलमानको 'सिकिन्दर' लाई धुलो चुटाउने मोहनलालको फिल्म अब ओटिटीमा

प्रतिक्रिया