पर्साबाट ओली सरकारमा तीन मन्त्री

पर्सा । संघीय सरकारमा पर्सा जिल्लाबाट पहिलोपटक तीनजना मन्त्री बनेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा पर्साबाट तीनजना मन्त्री बनेका हुन् ।
पर्सा( १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव खानेपानी मन्त्री बनेका छन् भने पर्सा( २ का सांसद अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् भने पर्सा( ३ का सांसद राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका हुन् ।
यादव जसपाका केन्द्रीय उपमहासचिव, चौरसिया कांग्रेसको केन्द्रीय सदस्य र गुप्ता एमालेका केन्द्रीय सदस्य हुन् ।
यादव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु सरकारमा स्वास्थ तथा जनसंख्य मन्त्री थिए । गत बैशाख २३ गते जसपा नेपाल फुटेर जसपा बनेपछि उनी स्वास्थ्यमन्त्री बनेका थिए ।

भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

भाजपा सांसद कंगना रनावतले गर्ने भइन हलिउडमा डेब्यु

आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने र तीन प्रदेशमा हिमपात

आजको मौसमः तीन प्रदेशका पहाडी भागमा पानी पर्ने

आजको राशिफल: २०८१ बैशाख ८ गते साेमवार

सलमानको 'सिकिन्दर' लाई धुलो चुटाउने मोहनलालको फिल्म अब ओटिटीमा

प्रतिक्रिया