सुनको मूल्यमा कीर्तिमान, तोलामा एक हजार तीन सयले वृद्धि
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । हिन्दु नारीहरूको महत्त्वपूर्ण पर्व हरितालिका तीजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सुनको मूल्य प्रति तोला रु एक हजार तीन सयले वृद्धि भएको छ । विहीबार प्रतितोला रु एक लाख ५२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि रु एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ ।
चाँदीको मूल्य तोलामा रु ३० ले वृद्धि भएको छ । विहीबार तोलामा रु एक हजार सात सय ६५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार सात सय ९५ निर्धारण भएको छ ।
रोजगारीका लागि प्रबृधि प्रयोग गर्ने सिपयुक्त जनशक्ति तयार गर्नुपर्छ: श्रममन्त्री
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
अध्यादेश र सरकारको आयुबीच कुनै सम्बन्ध छैनः उपमहासचिव ज्ञवाली
शैक्षिक गुणस्तर सुधार्न १२ महिना, १२ कार्यक्रम
सगरमाथा चढ्दै कविता नेपाली
आज–२२ कार्तिक २०८१ बिहिवारको राशिफल
एमालेद्वारा दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख प्रदान गर्ने निर्णय
प्रतिक्रिया