गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम

गोरखा । द्रव्यशाह बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत छात्राहरूलाई दुनाटपरी गाँस्ने प्रशिक्षण दिएको छ ।
क्याम्पस प्रमुख एकदेव अधिकारीका अनुसार भोजभतेरमा प्लास्टिकका भाँडाको प्रयोग अत्यधिक बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न तालिमको व्यवस्था गरिएको होे । ‘क्याम्पसमै कार्यक्रम गर्दा पनि प्लास्टिकका गिलास, प्लेटको प्रयोग गर्नुपर्ने अवस्था छ,’ क्याम्पस प्रमुख अधिकारीले भने, ‘अब क्याम्पसमा दुनाटपरी प्रयोग गरिनेछ ।’
स्थानीय वनमा पाइने सालका पातबाट दुनाटपरी बनाउन जानेपछि थोरै भए पनि आय आर्जन गर्न सहज हुने तथा सीप पनि सिकिने भएकाले छात्राहरूलाई तालिमको व्यवस्था गरिएको उनको भनाइ छ । तालिमले उनीहरूमा उत्साह भरेको छ ।
क्याम्पसले सञ्चालन गर्दै आएको ‘सिकौँ र सिकाऔँ’ अभियानअन्तर्गत छात्राहरूका लागि दुनाटपरी गाँस्ने तालिम सञ्चालन गरेको हो ।

आजको राशिफलः २०८२ असार २६ गते बिहिवार

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

आजको राशिफल: २०८२ असार १६ गते साेमवार

काठमाडौं भ्यु टावरका ठेकेदार भेटुवाल पक्राउ

आजको राशिफल: २०८२ असार १ गते आईतवार

भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

प्रतिक्रिया