अन्नपुर्ण चक्रिय वैकल्पिक पदमार्गमा पर्यटकको आकर्षण बढ्दै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Annapurna_8BQahErkWq_hjvynv9mwojaytyqdasqiei7x8nt1ggxtadnxpk9gibp8toj9sev8ygz6r2i_dJPJasBOyc_5d0jv4f8vhjb8iwxjlhn2dda6to4c6tjfnlzvbojls7ozunzrxgvldyevdr0_hN5JLQ0K6Y_e3s4qz5hxky0ucnrdm456mbfbtei2lj2zsnxqf8w07osxbawwfnheup1yp13_JpdoWob1et_2mas9reohutmddczg4gih8qfofwyng003gqnrpmlq5faeyf88bwveo4jdhi2_OCdPu67S8t_abycitulofbpuejkf7s0haouvcynw26z4f9vlspywtv7jwrxwsry8z9zpajf_szD358rR0F_7e06v8qy1l1cm4w2udoyyhkyj555j65ip3snx8pltlvvbopgaqvzrmtzowk7.jpg)
पर्वत । विश्वको दश उत्कृष्ट पदमार्गमा सूचिकृत अन्नपुर्ण चक्रिय पदमार्गमा सडक विस्तार भएपछि सञ्चालनमा आएको वैकल्पिक पदमार्गमा पर्यटकको आकर्षण बढ्दै गएको छ ।
कास्की जिल्लाको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिको ताङ्ले–भमरकोट–डाँडाकमेरे–माटे–जलजला–मोहोरेडाँडा–घोडेपानी जोड्ने पदमार्ग सञ्चालनमा आएपछि पर्यटकको आगमन बढ्न थालेको हो ।
नयाँपुलबाट पर्वतको मोदी र जलजला गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने नयाँ पदमार्ग तयार भएपछि पर्यटकको आगमन बढ्न थालेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । विशेषगरी युरोपियन, कोरियन, अस्टे«लियन, जर्मन तथा रसियन पर्यटकहरूले यो रुट प्रयोग गर्न थालेका छन्भने आन्तरिक पर्यटकको आगमन पनि बढेको होटल खड्का भिलेजका सञ्चालक रनबहादुर खड्काले जानकारी दिए ।
करिब १३ वर्षअघि पहिचान भएको नयाँपुल–मोहरिया–ताङले–भमरकोट–फलाटे–डाँडाकेटेरी–थामाको डिल–हम्पाल–जलजला–मोहरेडाँडा–फूलबारी–पुनहिल हुँदै घोडेपानी जोड्ने पदमार्ग सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढ्दै गएको पर्वत–भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष मनबहादुर खड्काले बताए । आधारभूतस्तरको पूर्वाधार तयार भएपछि उक्त वैकल्पिक पदमार्ग यस वर्षदेखि सञ्चालनमा आएको उनले जानकारी दिए ।
‘पदमार्गमा आश्रयस्थल र खानेबस्ने ठाउँको व्यवस्थापन भएपछि पर्वत–भमरकोट–घोडेपानी पदमार्ग सञ्चालन गरिएको हो’, समितिका अध्यक्ष खड्काले भने, ‘संस्कृति र प्रकृतिले भरिपूर्ण यो पदमार्ग साहसिक गन्तव्य हो ।’ मनोरम हिमश्रृङ्खला, सुन्दर वनजङ्गल, हावापानी, सुर्योदय र सुर्यास्तको दृश्यावलोकन गर्नुका साथै तनाव व्यवस्थापनका लागि यो पदमार्ग निकै आकर्षक मानिएको उनको भनाइ छ ।
विसं २०६८ मा स्थापना भएको संस्थामार्फत तत्कालीन जिल्ला विकास समिति, सङ्घीतापछि गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको गरी हालसम्म रु एक करोड ६० लाख सहयोगमा नयाँ पुलबाट पर्वतको सबैभन्दा उच्च स्थानमा रहेको हम्पालसम्मको १६ किलोमिटर पदमार्ग निर्माण भएको खड्काले जानकारी दिए । ‘ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । पदमार्गमा १० वटा विश्रामस्थल निर्माण भएका छन्’, उनले भने ।
हम्पालबाट जलजला जोड्ने पदमार्ग निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ३० लाख बजेट विनियोजन गरेको गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले जानकारी दिए । उक्त पदमार्गलाई व्यवस्थित बनाउन आगामी बजेटमा पनि प्राथमिकता दिने उनले उल्लेख गरे ।
पदमार्गले पर्वतको मोदी गाउँपालिका–१, २, ३ र ५, जलजला गाउँपालिका–५ र ६ तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, ७ र ८ वडालाई समेटेको छ । हिमाल, पहाडी भूगोल अवलोकन गर्दै यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने लौँसीबोट, भूक र ताङ्ले तथा लेसपार्कमा घरबास (होमस्टे) सञ्चालन भएका छन् । साथै मगर, गुरुङ, दलित, क्षेत्री र ब्राह्मण समुदायको विविधतायुक्त संस्कार, संस्कृति, रहनसहन र जनजीवन यो पदमार्गको आकर्षण हो ।
दुई रात तीन दिनमा यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने वनजङ्गलमा विभिन्न प्रजातिका जडीबुटी, वन पैदावर पाइनुका साथै मृगलगायत वन्यजन्तुको बसोबास छ । गाईभैँसीका घुम्ती गोठ पनि देख्न सकिन्छ भने धवलागिरि र अन्नपूर्ण रेञ्जका हिमाल अवलोकन गर्दै यात्रा गर्न पाइन्छ ।
पदमार्गमा पर्ने पर्वतको फलाटे, हम्पालस्थित वाइफाई डाँडा र जलजलामा चिया पसल र रेष्टुन्ट तथा सामुदायिक लज सञ्चालन भएका छन् । पूर्वजानकारी दिई आउने पर्यटकलाई पर्वत–भुमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिले घुमाउने व्यवस्था मिलाउँदै आएको छ ।
पदमार्ग प्रवर्द्धनका लागि गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको सहयोगमा टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले पदमार्ग विस्तार, खोज तथा अनुसन्धान गर्दै आएको छ । उक्त कार्यमा पर्वतको मोदी र जलजला, कास्की र म्याग्दीका सम्बन्धित गाउँपालिकाले सहकार्य गरेका छन् ।
प्रदेशका उद्योग तथा पर्यटनमन्त्री बस्यालले अन्नपुर्ण चक्रिय पदमार्गमा सडकका कारण पर्यटकको पदयात्रा छोटिँदै गएका बेला नयाँ पहिचान भएको पदमार्गलाई प्रवर्द्धन गरी यसतर्फ पर्यटकको आकर्षण बढाउनुपर्नेमा जोड दिए । पदमार्गमा ठाउँठाउँमा खानेपानीको व्यवस्थापन चिया तथा चेमना गृहहरू, होटल तथा रेष्टुरेण्ट थप गर्नुपर्ने भन्दै प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले अन्नपूर्ण चक्रीय पदमार्गको महत्वपूर्ण स्थल नयाँ पुल र घोडेपानीलाई जोड्ने उक्त पदमार्गमा पर्यटक भित्र्याउन चार दिने पदयात्रा आयोजना गरेरे प्रचारप्रसार, प्रवर्द्धन र विस्तारमा लागेको बताए । उनका अनुसार आपसी समन्वयका लागि मन्त्रालय, टान गण्डकीसहित सरोकार भएका निकायसहित ५० जनाको टोली अहिले पदयात्रामा छन् ।
सडकका कारण पुराना पदमार्ग विस्थापित हुँदा पोखरामा आउने पर्यटकको बसाइ छोटिएकाले नयाँ गन्तव्यको पहिचान र प्रर्वर्द्धनमा टानले जोड दिएको अध्यक्ष आचार्यले बताए । पोखराबाट नजिक पर्ने भएकाले पनि यो क्षेत्रमा पर्यटन विकासको सम्भावना प्रचुर रहेको उनको भनाइ छ ।
अध्यक्ष आचार्यका अनुसार प्रदेश सरकारले पर्वतको हम्पाल, घोडेपानी नजिकै कास्की र म्याग्दीको सिमानामा पर्ने मुण्डेलाई पोखराको स्याटेलाइट गन्तव्य घोषणा गरेको छ । सडकले छोटिएको अन्नपूर्ण चक्रीय पदमार्गमा सहायक गन्तव्य पहिचान गरेर पर्यटकको बसाइ लम्ब्याउन सरकार तथा निजी क्षेत्रले सक्रियता आवश्यक पर्नेमा उनले जोड दिए ।
![आजको मौसमः कर्णाली र सुदुरपश्चिममा हल्का बर्षा हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/Mausam_QSgepgiOdz_cc6clhbvknrdhqa7wsrxsiu672erp4stvcvsz7wgakdsagnigplun40yxvp2_WOel39zAEQ_6don8sxnzxmxz2cyahqi0gjsxa8cxuu26nvq34ttdtzmrvpzo1bf5a95wap3_9ihGx9BE8u_bh17j5esezcupfdbktxoh51cmagay5xao9rhozqxchc9coi10gr6gyntwfvr_EzgyLDpce8_hdftdacrarjkdaydltqpk2enqtw6on3qqqe1diogyhv26tn0y7hjcmsnlbrt_bLLWhA09ov_vjnydtq3yeqmpvikhrbdtbftpkqnesz9sg5spp9oegzv4xwv8gi4jnwefpjp_gPtioubDp3_ngazmxw6j87dk8u7u3alycgfnbbsvtfkqd1bfbldna1slslwbes3hijlqj9z_PQubUxYsjF_8pu1aki0tht83amehfkqgagl1grparncxce9r3q0wxetaxslivrthgsmkgs8.jpg)
आजको मौसमः कर्णाली र सुदुरपश्चिममा हल्का बर्षा हुने
![आज–०५ माघ २०८१ शनिबारको राशिफल](https://snowberry.prixacdn.net/media/gallery_folder/Rashifal_UQnk5dIDFU_8ews1zylscrpla7lbv87ap40jum1mwfuubencl7opyg7biujyf8cz3f5rufq_gW43VFVuqf_99p201wlc1felwj1kgnozajwawpjgr0rbxxsjxgdqvmgmi967whwlffzmmfn_LEQ0SaOMkv_esg3smaqde9ahtskweixqbk71ty7qihb3rnkmnsm4nmpw5rzomf6oym6x0ty_RQzHMADpkv_gxqkffoa2xnrl3l5eytosnyzzaewxh4pbsduaqsuu4ynsesvfrv5caebswzg_vf2wrh8bXq_y173kfljzbzw8eusteqize30nioqe75n5wskimgiapyc05p9uwqfhns0bk6c_pw2j6JKURg_oexbcnm9co7upkcumsofzygwdu9dewyuqbwwhdlewhy0csun0nrmbwurtick_vGZmHj55bv_jtdjbvymklaaqmtjenzzww8a4lu39wqdqsdwojhmvqw92ce7qfajxb9go5rn_qQhwKkRRC3_pxdwt2hl5y2st7ruicssnunkgkhp9bhyo6v1ql7cofxcle3s8vzi55aodibe_77mbyMUBT3_usjzctv4ae0cmzwjji09ymo86c0tb5k3h76kgsygown8yyxwegkf0cxpzzqo_5Q22LqTk9U_ke95zcuk08zqtd2mzd1i0ibeezr03tr2vsdape6aslzoleem6tclr2wl5d94_QRfcJhyBpq_9kb647vtpuvpbsjmy7y9cxw30x8mzb36zzlhnexpbfec4xncaorzcu4opqmg_igym3FxHE2_pimxsiyacjfaacu0gtmlw5zybcdadgu7jz8nchxsg2dnywjew5lnzbfitc9j_DGuWgPR9KY_4cslq6abimonp3ukfxccevigerrswdc5uzzzyv2diax0aklxryuupjlp1v7z.jpg)
आज–०५ माघ २०८१ शनिबारको राशिफल
![पोखरा ३३ मा आमा समूह र विद्यालयसँग काँग्रेस](https://snowberry.prixacdn.net/media/gallery_folder/Ward%252033_RW2VLXxg6Q_lowi6bvqpqysecpypeo7utujyozmgqvlfwmqlm39xqqfklk2mcfvd1oipmdf_LmKjpykJVE_fyhsddpmvkmfpepzsbznotkzcy06siaj390hkkcx1qkor0wvr45nhxuwnunx.jpg)
पोखरा ३३ मा आमा समूह र विद्यालयसँग काँग्रेस
![शाहरूखको घरमा पनि सदिंग्ध ब्यक्ति घुस्ने प्रयास तर असफल](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news804490._a9MaIBZns2_s4osdcnckp2mmlyomaoxrufjxq56jarefpcxya5h0ngclowvbucf85xhhmy4_D8R87lL1eS_yrhchcjlbaijcsnavvuhahyh8nsx14ur5st3aecl0gbsfzcrhi1fsiwaatft.jpg)
शाहरूखको घरमा पनि सदिंग्ध ब्यक्ति घुस्ने प्रयास तर असफल
![कृषि र पर्यटन नै अन्नपूर्ण गाउँपालिका समृद्धिका अाधार हुन् : केसी](https://snowberry.prixacdn.net/media/gallery_folder/FB_IMG_17370322151579922_gIH5CH4aZ6_rdg8mrkee3wniyvxq0fvuzg2s8mvusqwjuyrqukcfqixhhih5dfme0xlqfuk_z2Rq9xusCq_2gosobqq5c18wwmchsmnapv3etbmrqnbedkvnazgvvmizmwinzewcyo09vzs.jpg)
कृषि र पर्यटन नै अन्नपूर्ण गाउँपालिका समृद्धिका अाधार हुन् : केसी
![आज–०४ माघ २०८१ शुक्रवारको राशिफल](https://snowberry.prixacdn.net/media/gallery_folder/Rashifal_UQnk5dIDFU_8ews1zylscrpla7lbv87ap40jum1mwfuubencl7opyg7biujyf8cz3f5rufq_gW43VFVuqf_99p201wlc1felwj1kgnozajwawpjgr0rbxxsjxgdqvmgmi967whwlffzmmfn_LEQ0SaOMkv_esg3smaqde9ahtskweixqbk71ty7qihb3rnkmnsm4nmpw5rzomf6oym6x0ty_RQzHMADpkv_gxqkffoa2xnrl3l5eytosnyzzaewxh4pbsduaqsuu4ynsesvfrv5caebswzg_vf2wrh8bXq_y173kfljzbzw8eusteqize30nioqe75n5wskimgiapyc05p9uwqfhns0bk6c_pw2j6JKURg_oexbcnm9co7upkcumsofzygwdu9dewyuqbwwhdlewhy0csun0nrmbwurtick_vGZmHj55bv_jtdjbvymklaaqmtjenzzww8a4lu39wqdqsdwojhmvqw92ce7qfajxb9go5rn_qQhwKkRRC3_pxdwt2hl5y2st7ruicssnunkgkhp9bhyo6v1ql7cofxcle3s8vzi55aodibe_77mbyMUBT3_usjzctv4ae0cmzwjji09ymo86c0tb5k3h76kgsygown8yyxwegkf0cxpzzqo_5Q22LqTk9U_ke95zcuk08zqtd2mzd1i0ibeezr03tr2vsdape6aslzoleem6tclr2wl5d94_QRfcJhyBpq_9kb647vtpuvpbsjmy7y9cxw30x8mzb36zzlhnexpbfec4xncaorzcu4opqmg_HAnsipa0PI_9ez5pk9bsodrcumrycyn69hsqy9arljdvqk26z2cgtkigsy8ymvga8qdljtc.jpg)
आज–०४ माघ २०८१ शुक्रवारको राशिफल
![सारंगको तिमी नै हौ](https://snowberry.prixacdn.net/media/gallery_folder/Sarang%2520Song_ouuBudxI0x_js27tnbc3hecxwbbts0u6ikjuhlhkznbbnof2o4y7bfmihuziiq3cb2dhcga_uCcv9Jc4hB_xhqjik3ljfeds9vepkl3qnkgghoiyakpltpp8snlbwyjgkpdcrdavbqmskl9.jpg)
सारंगको तिमी नै हौ
![छात्राहरुका लागि बचत खाता खोल्दै आँबुखैरेनी गाउँपालिका](https://snowberry.prixacdn.net/media/gallery_folder/aabukhaireni-gapa_KnT6aru3cV_tv5u0hvxutqhf7c5paklrrdaathttlvucrh59ghvtakd9ygz1rjgykmhn4pi_nI78vulSjn_ucn2zbmplgwrwtkfk1kvx8hzppitfae7krtuajezpzfml6birii4yzy6rwnw_9xs7evhxW7_v5m4uqir2a0et3dlblavcup4h2rcytelqrz8w9v9fokmmmxsbde4swqskw5h_ffCoCKhrXA_1rzoxv8huwyaljgasv5nscshxfwxbmrvve5i3m9ha6ggck8bb1yftcaj4b6i.jpg)
प्रतिक्रिया