पण्डितपुरमा बुद्धकालीन संरचना

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ पण्डितपुरमा उत्खननका क्रममा प्राचीन भग्नावशेष तथा चक्राकार सहर भेटिएको छ । उत्खननमा कोलिय गणराज्यका विभिन्न सहरबारे महत्वपूर्ण तथ्य भेटिएको पुरातत्व विभाग, पुरातत्व शाखा प्रमुख पुरातत्वविद्ध भाष्कर ज्ञवालीले बताए ।
उनले भने, ‘आर्थिक वर्ष २०७५÷७६ मा गरिएको भू–भौतिक अध्ययनका क्रममा देखिएका भग्नावशेष पुष्टी गर्नका लागि हालै एक महिनासम्म उत्खनन तथा अध्ययन भएको थियो, सोही क्रममा कोलिय गणराज्यको विभिन्न ठाउँमा फैलिएको सहरमध्ययेको सहर पण्डितपुर पनि भएको पुष्टि भएको छ ।’
दुई ठाँउमा उत्खननको प्रमुख उद्देश्य भू–भौतिक अध्ययनमा देखिएका पर्खाल संरचना उद्धगार (प्रमाणित) गर्ने थियो । साथै एक ठाउँमा तीन मिटर गहिरो खाडल खनेरे सांस्कृतिक इतिहास अध्ययन गर्दा बुद्ध, मौर्यकाल समयदेखि मुस्लिमकालसम्मको बसोबास भएको प्रमाण भेटिएको उनको भनाइ छ । यस्तै अर्को ठाउँमा गरिएको उत्खननमा सेन्टरी पोष्ट (सुरक्षाकर्मीले पहार दिने ठाउँ) जस्तो भग्नावशेष फेला परेको उनले बताएका छन् ।
उत्खननको क्रममा पर्खालको संरचनासहित माटाका भाँडा, जनावरका मूर्ति, गरगहनालगायतका पुरातात्विक सामग्री फेला परेको पुरातत्त्वविद् भाष्कर ज्ञवालीले बताए । हाल पण्डितपुरमा पूर्व–पश्चिम र उतर–दक्षिणमा एक÷एक हजार मिटर क्षेत्रफलसम्म कुनैपनि संरचना निर्माण नगर्न अनुरोध गरिएको छ ।

आजको राशिफलः २०८२ असार २६ गते बिहिवार

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

आजको राशिफल: २०८२ असार १६ गते साेमवार

काठमाडौं भ्यु टावरका ठेकेदार भेटुवाल पक्राउ

आजको राशिफल: २०८२ असार १ गते आईतवार

भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

प्रतिक्रिया