कृषि र पर्यटन नै अन्नपूर्ण गाउँपालिका समृद्धिका अाधार हुन् : केसी

माघ ३ गते अन्नपूर्ण गाउँपालिका कास्कीले सुरुवात गरेको कृषि उपज संकलन केन्द्रले कृषि उद्धमशीलता सँगसँगै कृषि उपज बजारीकरणमा सहयोग पुग्ने

कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले कृषि र पर्यटन नै अन्नपूर्ण गाउँपालिका समृद्धिको अाधार रहेको बताएका छन्।
 कास्कीको अन्नपूर्ण गाउँपालिका केन्द्र स्थित चुहिने पहरा भन्ने ठाउँमा अन्नपूर्ण गाउँपालिका द्वारा सञ्चालित कृषि उपज संकलन केन्द्र समुद्घाटन गर्दै केसीले पर्यटनको केन्द्रका रुपमा रहेको अन्नपूर्ण गाउँपालिकालाई कृषि उत्पादन हबका रुपमा विकास गरिने वताए।

हामी संसारले नै चिहाईरहेका नियालीरहेका पर्यटकीय गन्तव्यको समीपमा छौं तसर्थ हामी पर्यटन उद्धम प्रवर्द्धनका लागि पनि कृषि उत्पादनमा अात्मनिर्भर बन्न जरुरी छ।

संसारमै परिचित पर्यटकीय केन्द्रहरु अन्नपूर्ण अाधार शिबिर, घान्द्रुक,पञ्चासे,अष्ट्रेलियन बेसक्याम्प, लान्द्रुक जस्ता पर्यटकीय केन्द्रहरुले सजिएको सुन्दर अन्नपूर्ण गाउँपालिका कृषि उत्पादनमा अात्मनिर्भर बन्नसके पालिका समृद्धिको सूचक बन्नसक्छ केसीको कथन छ।

अन्नपूर्ण गाउँपालिकाले युवाहरुलाई कृषि उद्धममा अात्मनिर्भर बनाउन विशेष पकेट क्षेत्र घोषणा गरि युवाहरुलाई कृषि उद्धममा अात्मनिर्भर बनाउने प्रयत्न गरिरहेको कुरा समेत सो अबसरमा बताएका थिए।

कार्यक्रममा बोल्दै अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले युवाहरुलाई कृषि क्षेत्रमा नै उद्धमशीलताको अाधार तयार गर्न र बहुसंख्यक गृहिणीहरुलाई उद्धमशील बनाउन पालिका प्रयत्नशील रहेको बताएकी थिईन्।

अन्नपूर्ण गाउँपालिकाले ढिकुरपोखरी चुहिने पहरामा निर्माण गरेको कृषि उपज संकलन केन्द्रले पालिकाका कृषकहरुलाई सहायता पुग्नुका साथै कृषि उपज बजारीकरणमा समेत टेवा पुग्ने विश्वास लिईएको छ।