यसरी पक्राउ परे पर्वतमा ३७ वर्षअगाडि हत्या गरेर फरार दुई अभियुक्त
काठमाडौं - कर्तव्य ज्यानमुद्दामा ३७ वर्षदेखि फरार भएका दुई जना अभियुक्तलाई पर्वत प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्वत महासिला गाउँपालिका-५ घर भएका ५७ वर्षीय गम्भीर गुरुङ र सोही ठाउँका ५५ वर्षीय तेजबहादुर गुरुङ रहेका छन्।
फागुन २५ गते गम्भीरलाई रुपन्देही मायादेवी गाउँपालिका-८ बसडिलवा र तेजबहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभुबाट पक्राउ गरिएको पर्वतका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टले बताए।
गम्भीर लामो समयदेखि रुपन्देही मायादेवी गाउँपालिकामा बसिरहेका थिए। तेजबहादुर पर्वत महासिला गाउँपालिका-५ र ललितपुर महालक्ष्मी नगरपालिका लुभुमा दुबै ठाउँमा बस्दै आएका थिए।
गम्भीर र तेजबहादुर दुबै पर्वत साबिक कुर्घा गाविस-९ का हुन्। पर्वत साबिक कुर्घा गाउँ पञ्चायत वडा नम्बर २ का रामबहादुर गुरुङलाई चक्कु तथा लाठी प्रहार गरी हत्या गरेर खोल्सामा फालेपछि उनीहरू फरार भएका थिए।
फरार रहेका उनीहरूलाई लामो समयपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो। दुबैले २०४४ साल फागुन ७ गते राति साढे १० बजे रामबहादुरलाई योजनावद्ध तरिकाले हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।
‘उनीहरू घटना घटेको ३७ वर्षदेखि फरार थिए, फरार अभियुक्तको खोजी तथा पक्राउ अभियान अन्तर्गत प्रहरी टोलीले उनीहरूलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो,’ प्रहरी नायब उपरीक्षक विष्टले भने।
रामबहादुरको हत्या आरोपमा दुबै जनालाई पर्वत जिल्ला अदालतले जनहीँ १०-१० वर्षको कैद सजाय सुनाएको थियो। उनीहरूलाई पर्वत जिल्ला अदालतले २०५८ साल असार १३ गते कैद सजाय तोकेको थियो।
पक्राउ परेका दुबैलाई जिल्ला अदालत पर्वतमा पेश गरिएकोमा अदालतले कारागार चलान गरिदिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए।
रामबहादुरको हत्यामा अन्य दुई जना फरार छन्। उनीहरूको खोजी भइरहेको विष्टले बताए। 'लामो समयदेखि उनीहरू फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय पर्वतले विशेष तरिकाले खोजी गरेको थियो,' विष्टले भने, 'फरार भएका दुई व्यक्ति चाँडै पक्राउ पर्ने अपेक्षा राखेका छौं।
आजको राशिफलः २०८२ भदाैं १२ गते बिहिवार
आजको मौसमः काेशी, गण्डकी, लुम्बिनीमा बर्षा हुन सक्ने
आजको राशिफलः २०८२ भदाैं ८ गते आईतबार
आजको राशिफलः २०८२ भदाैं ७ गते शनिबार
खेल क्षेत्रको विकास गर्न पार्टीको निर्देशन कुरेर नबस्नुस : उपसभापति गुरुङ
नेपाली राजनितीमा विकृति मौलाउदै गएको छ : उपसभापति गुरुङ
यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म
प्रतिक्रिया