भान्जाले टिपेर ल्याएको जंगली च्याउ खाँदा मामासहित १० जना बिरामी

काठमाडौं - तनहुँमा बारीमा उम्रेको जंगली च्याउ खाँदा एकै घरका १० जना बिरामी परेका छन्।
म्याग्दे गाउँपालिका-६ सर्वलाङका ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको च्याउ टिपेर ब्यास नगरपालिका-६ शान्ति टोल बस्ने उनका मामा ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा पुर्याएका थिए।
फागुन १ गते रति साढे ११ बजे पुलामीको घरमा पकाएर च्याउ खाएपछि १० जना बिरामी परेको प्रहरीले जनाएको छ।
उनीहरूलाई शनिबार बिहान ७ बजे दमौली अस्पतालमा ल्याएर भर्ना गरिएको छ।
बिरामी पर्नेमा गुरुबहादुर पुलामी, उनका छोरा सुरेन्द्र पुलामी, भान्जा नारायण मगर, ज्वाइँ लितबहादुर थापा रहेका छन्।
यस्तै, आफन्तहरू केशव पुलामी, सीता पुलामी, सुमित पुलामी, चक्रबहादुर पुलामी र आरती पुलामी रहेका छन्।
उनीहरूलाई रिंगटा लाग्ने, बान्ता हुने र पखाला लाग्ने समस्या छ।

अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान

चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा

आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

आजको राशिफलः २०८२ असार २८ गते शनिवार

बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियाे मुद्द…

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

प्रतिक्रिया