भान्जाले टिपेर ल्याएको जंगली च्याउ खाँदा मामासहित १० जना बिरामी
काठमाडौं - तनहुँमा बारीमा उम्रेको जंगली च्याउ खाँदा एकै घरका १० जना बिरामी परेका छन्।
म्याग्दे गाउँपालिका-६ सर्वलाङका ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको च्याउ टिपेर ब्यास नगरपालिका-६ शान्ति टोल बस्ने उनका मामा ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा पुर्याएका थिए।
फागुन १ गते रति साढे ११ बजे पुलामीको घरमा पकाएर च्याउ खाएपछि १० जना बिरामी परेको प्रहरीले जनाएको छ।
उनीहरूलाई शनिबार बिहान ७ बजे दमौली अस्पतालमा ल्याएर भर्ना गरिएको छ।
बिरामी पर्नेमा गुरुबहादुर पुलामी, उनका छोरा सुरेन्द्र पुलामी, भान्जा नारायण मगर, ज्वाइँ लितबहादुर थापा रहेका छन्।
यस्तै, आफन्तहरू केशव पुलामी, सीता पुलामी, सुमित पुलामी, चक्रबहादुर पुलामी र आरती पुलामी रहेका छन्।
उनीहरूलाई रिंगटा लाग्ने, बान्ता हुने र पखाला लाग्ने समस्या छ।
आजको राशिफलः २०८२ भदाैं १२ गते बिहिवार
आजको मौसमः काेशी, गण्डकी, लुम्बिनीमा बर्षा हुन सक्ने
आजको राशिफलः २०८२ भदाैं ८ गते आईतबार
आजको राशिफलः २०८२ भदाैं ७ गते शनिबार
खेल क्षेत्रको विकास गर्न पार्टीको निर्देशन कुरेर नबस्नुस : उपसभापति गुरुङ
नेपाली राजनितीमा विकृति मौलाउदै गएको छ : उपसभापति गुरुङ
यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म
प्रतिक्रिया