पञ्चासे जैबिक बिबिधता पार्कमा विद्यार्थी आकर्षण बढ्दै

प्रसिद्ध धार्मिक, पर्यटकीय एबं साँस्कृतिक तीर्थस्थल पञ्चासेमा " पञ्चासे ब्रान्ड" का रुपमा निर्माण सम्पन्न गरिएका पञ्चासे गोलचौतारी र पञ्चासे जैबिक बिबिधता पार्कमा विद्यार्थी आकर्षण बढेको छ।

पञ्चासेका पहिचानका रुपमा रहेका जैबिक बिबिधता छटाहरु, वनस्पतिहहरु र बहुमूल्य सुनाखरीहरु लाई एकैठाउँमा देख्न पाईयोस् भनेर मानवनिर्मित पार्कमा नै जैविक बिबिधता झल्काउने छत्रे उन्युहरु, सुनाखरीहरु र अन्य पुष्प वनस्पतिहरु एकैठाउँमा झल्काउने प्रयत्न गरिएको बुझिएको छ। 

पञ्चासे क्षेत्र अन्तर्गत पर्ने पञ्चासे मकानपुरममा गोलचौतारी निर्माण गरि चौतारीको बीचमा लालीगुँरास फुलाईएको छ।

२५१७ मि उचाइमा रहेको र पर्यावरण , जैबिक बिबिधता र सुनाखरी हब पञ्चासेमा कार्यमूलक क्याम्प, भ्रमण र फिल्ड भिजिटमा आउँने विद्यार्थीहरुको आकर्षणमा पञ्चासे क्षेत्रका नमूना जैविक बिबिधता पार्कहरु पर्न थालेका छन्। 

पदयात्रा, अध्ययन, अनुसन्धान, होमस्टे परिभ्रमणमा आउँने विद्यार्थीहरुलाई जंगल सयर गर्नुपुर्व पञ्चासे बारे र पञ्चासे जैविक बिबिधता बारे बुझ्न सजिलो होस् भनी हामीले पर्यावरणीय छटाहरुलाई, प्राकृतिक छटाहरुलाई र पुष्प बनस्पतिलाई झल्काउने गरि हामीले नमूना पार्कहरु बनाउने कार्य सुरुवात गरेका छौँ, पञ्चासे जैबिक विविधता पार्क निर्माणका अग्रणी अभियन्ता तथा पञ्चासे फाउन्डेसनका अध्यक्ष नवराज पौडेलले बताए।

आगामी दिनमा पोखरा महानगरपालिका वडा नं, २३ , मकानपुरमा पञ्चासेको सचित्र जैबिक बिबिधताको झल्को दिनेगरी आगामी वर्ष " पञ्चासे जैबिक बिबिधता पार्क" निर्माण गर्दैछौं , पञ्चासे वन संरक्षण क्षेत्र कार्यक्रम कास्की ईकाई अध्यक्ष शिव घलेले बताए।

पञ्चासे क्षेत्रमा पर्ने पञ्चासे आहालडाडा क्षेत्रलाई विशेष उद्धान क्षेत्र घोषणा गरि पञ्चासे क्षेत्रमै नमूना बोटानिकल गार्डेन र प्राकृतिक उद्धान क्षेत्र " पञ्चासे जैबिक बिबिधता पार्क निर्माण कार्य पनि अागामी वर्ष प्रारम्भ गरिने संरक्षणकर्ाी पौडेलले बताए। 

पञ्चासे क्षेत्रमा सैयौ बनस्पति , १४३ प्रजाति बहुमुल्य सुनाखरी, सैयौ जैबिक बिबिधताका छटाहरु लगायत अमूल्य जैबिक बिबिधताका छटाहरु पाईने गर्दछन्।