म्याग्दी जिल्ला खेलकुद विकास समिति अध्यक्षमा सुमन श्रेष्ठ
गण्डकी प्रदेश सरकार मन्त्रीस्तरीय निर्णय अनुसार म्याग्दी जिल्ला खेलकुद विकास समिति अध्यक्षमा सुमन श्रेष्ठ नियुक्त भएका छन्।
खेलकुद विकास समितिको उपाध्यक्षमा विष्णु रोका मगर ,सचिवमा कुमार किशान र कोषाध्यक्षमा नरेश पुन मगर मनोनित हुनुभएको छ ।
गण्डकी प्रदेश खेलकुद परिषदले चैत १७ गतेको निर्णयबाट अध्यक्ष पदमा श्रेष्ठ सहित अन्य पदाधिकारीहरु मनोनित हुनुभएको हो । मनोनित सबै पदाधिकारीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीको सभाकक्षमा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाको रोहबरमा परिषदका सदस्य सचिब श्रीधर शर्माले सपथ ग्रहण गराउनुभएको हो ।
म्याग्दीको ब्यवसाय क्षेत्रमा अग्रणी नाम बनाईरहेका श्रेष्ठले यसअघि पनि विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्दै अाईरहेका छन्।
श्रेष्ठ गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स यशोसियशनमा पनि यसअघि कोषाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको थियोे । 
अध्यक्ष श्रेष्ठ नेपाल तरुणदलका केन्द्रिय सदस्य हुनुहुन्छ । जिल्ला स्थित विभिन्न सामाजिक संघ संस्थामा आवद्ध श्रेष्ठ सफल युवा व्यवसायीको रुपमा समेत परिचित हुनुहुन्छ ।
अध्यक्ष श्रेष्ठले सबैलाई धन्यवाद व्यक्त गर्नुहुँदै जिल्लामा पुर्वाधार विस्तार , खेलाडी उत्पादन र नियमित प्रतियोगिताहरु सञ्चालन गरेर समग्र खेल क्षेत्रको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै खेल क्षेत्रमा उदाउँदो नवीनतम् सृजनशील युवाहरुलाई भरपुर स्थान दिएर अगाडि बढाउने अठोट समेत गर्नुभएको छ।
आजको राशिफलः २०८२ भदाैं १२ गते बिहिवार
आजको मौसमः काेशी, गण्डकी, लुम्बिनीमा बर्षा हुन सक्ने
आजको राशिफलः २०८२ भदाैं ८ गते आईतबार
आजको राशिफलः २०८२ भदाैं ७ गते शनिबार
खेल क्षेत्रको विकास गर्न पार्टीको निर्देशन कुरेर नबस्नुस : उपसभापति गुरुङ
नेपाली राजनितीमा विकृति मौलाउदै गएको छ : उपसभापति गुरुङ
यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म
प्रतिक्रिया