पञ्चासे सल्यानमा बन्यो सहिद कृष्णबहादुर गुरुङ स्मृति पार्क, बैशाख ६ गते समूद्घाटन
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ४, स्थित पञ्चासे सल्यानमा सहिद कृष्णबहादुर गुरुङ स्मृति पार्क निर्माण सम्पन्न भएको छ।
सल्यान क्षेत्रमा समाजसेवामा विशिष्ट योगदान पुर्याउनु भएका समाजसेवी स्व. कृष्णबहादुर गुरुङको स्मृतिमा उहाँको अर्धकदको शालिक स्थापना सहित सुन्दर गार्डेन सहितको पार्क निर्माण गरिएको हो।
सहिद कृष्णबहादुर गुरुङलाई तात्कालीन बिद्रोही समूह नेकपा माओबादीले हत्या गरेको थियो ।
समाजसेवामा पर्यायको भूमिकामा रहेका सहिद कृष्णबहादुर गुरुङले नेपाली काँग्रेस पार्टीको तर्फबाट समाजसेवामा उच्च अनुकरणीय योगदान पुर्याएका थिए।
पोखरा, काँडे, भदौरे, सल्यान सडकमार्ग छेउमा निर्माण गरिएको पार्कमा पञ्चासे सल्यान गाउँ नामांकित परिचयात्मक कलात्मक सचित्र सामाग्री, जैविक बिबिधता झल्काउने गार्डेन लगायत पुष्प छटाहरुले सजाईएको छ। 
सहिद कृष्णबहादुर गुरुङले समाजमा पुर्याएको योगदान भाबी पुस्तासम्म प्रेरित होस् भन्ने हेतुले राजनैतिक ईतिहास र पहिचान झल्काउने यो नवीनतम् प्रयास गरिएको सहिद कृष्णबहादुर गुरुङ पुत्र तथा अन्नपूर्ण गाउँपालिका वडा नं ४, का वडा सदस्य विजय गुरुङले बताउनुभयो।
निर्माण सम्पन्न भएको पार्कले सहिदको स्मृति मात्रै नभै सल्यान गाउँमा जन्मिएकाहरुलाई सल्यान गाउँको झल्को समेत दिलाउनेछ अन्नपूर्ण गाउँपालिका वडा नं ४ का वडाध्यक्ष आईन्दल गुरुङको कथन छ।
सो सहिद स्मृति पार्कको समूद्घाटन एक विशेष कार्यक्रमका बीच बैशाख ६ गते पुर्व स्वास्थ्यमन्त्री एबं नेपाली काँग्रेस महामन्त्री गगनकुमार थापाले गर्नुहुनेछ।
आजको राशिफलः २०८२ भदाैं १२ गते बिहिवार
आजको मौसमः काेशी, गण्डकी, लुम्बिनीमा बर्षा हुन सक्ने
आजको राशिफलः २०८२ भदाैं ८ गते आईतबार
आजको राशिफलः २०८२ भदाैं ७ गते शनिबार
खेल क्षेत्रको विकास गर्न पार्टीको निर्देशन कुरेर नबस्नुस : उपसभापति गुरुङ
नेपाली राजनितीमा विकृति मौलाउदै गएको छ : उपसभापति गुरुङ
यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म
प्रतिक्रिया