परम्परागत ढुंगेघरहरुले सजिएको सिधाने पञ्चासे होमस्टे चलाईरहेकी जसुधा

कास्की, स्याङ्जा र पर्वतको संगम प्रसिद्ध धार्मिक स्थल पञ्चासे पदमार्गमा पर्ने सिधाने पञ्चासे होमस्टेको पहिचान अलि पृथक छ।
प्रत्येक घर परम्परागत ढुंगेघर र प्रत्येक पदमार्ग, पुर्वाधार समेत ढुंगाको नै प्रयोग गरि विशेष ब्रान्ड बनाईएको यो ठाउँ टाढाबाट नै सबैको नजरमा पर्ने गाउँ हो।
पोखरा महानगरपालिका वडा नं २३, स्थित तल्लो सिधाने भन्ने ठाउँमा पर्ने यी परम्परागत घरहरु र ग्रामीण होमस्टेहरु ग्रामीण पदयात्राको अाबासीय गन्तव्यका रुपमा परिचित छन्।
पोखराको शिरका रुपमा रहेको पञ्चासे सुनाखरी राजधानी, पर्यापर्यटन गन्तव्य र जैबिक बिबिधता अध्ययन अनुसन्धान केन्द्रका रुपमा रहि आएको छ।
५७७५ हेक्टर बनक्षेत्र, २५१७ मि उचाइमा रहेको पञ्चासे सिद्धबाबा मन्दिर, पर्यावरणीय वन उद्धान क्षेत्र, कुटी , पाटीपौवा, ग्रामीण होममस्टे पञ्चासे क्षेत्रमा विशेष अाकर्षणका रुपमा रहेका छन् भने १४३ प्रजाति सुनाखरी सहित प्रचुर जैबिक बिबिधता यहाँको विशिष्टिकृत बैशिष्ट्यका रुपमा रहि आएको छ।
परम्परागत पुर्वाधार र ग्रामीण पर्यटनका छटाहरुले भरिपूर्ण नमूना होमस्टे सञ्चालन गरिरहेकी होमस्टेकर्मी जसुदा गुरुङले नै पञ्चासे सिधाने होमस्टेको नेतृत्व गर्दै संसारभरका पदयात्री, पर्यटक र अध्ययन अनुसन्धानकर्मीहरुलाई पञ्चासे क्षेत्रमा स्वागत गरिरहेकी छन्।
पञ्चासे पदयात्राको मध्यभागमा अबस्थित सिधाने पञ्चासे होमस्टेमा गुरुङ सङ्ग्राहलय, परम्परागत संरचना र स्थानीय अर्गानिक खानपिन नै मूख्य विशेषता रहेकाले पर्यापर्यटन र पञ्चासे पदयात्राको अानन्द लिन पञ्चासे सिधाने होमस्टे अाउँन पाहुनालाई गुरुङले निमन्त्रणा गरेकी छन्।

अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान

चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा

आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

आजको राशिफलः २०८२ असार २८ गते शनिवार

बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियाे मुद्द…

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

प्रतिक्रिया