गणतन्त्रमा बदला लिएर होइन बदलिएर काम गर्नुपर्छ : उपसभापति गुरुङ
काठमाडौ,१५ जेठ । नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले गणतन्त्रमा बदला लिएर होइन बदलिएर काम गर्नुपर्ने बताउनु भएको छ ।
गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पुर्व कानून मन्त्री समेत रहनु भएका गुरुङले गणतन्त्रको सुन्दरता भनेको स्वच्छ प्रतिस्पर्धा भएको बताउनु भएको हाे । गणतन्त्र/लोकतन्त्रमा प्रतिशोध र बदला नहुने भन्दै जब हामी प्रतिस्पर्धा भन्दा प्रतिशोध साँध्न थाल्छौं र बदलिएर काम गर्नुको सट्टा बदला लिन खोज्छौं तब गणतन्त्र/लोकतन्त्र कमजोर हुने उहाँको तर्क छ ।
उहाँले लेख्नु भएको छ "गणतन्त्र/लोकतन्त्रको सुन्दरता स्वच्छ प्रतिस्पर्धा हो। जहाँ बद्लिएर काम गर्नुपर्छ।
गणतन्त्र/लोकतन्त्रमा प्रतिशोध हुँदैन र बद्ला पनि हुँदैन।
जब हामी प्रतिस्पर्धा भन्दा प्रतिशोध साँध्न थाल्छौं र बद्लिएर काम गर्नुको सट्टा बद्ला लिन खोज्छौं तब गणतन्त्र/लोकतन्त्र कमजोर हुन्छ।
गणतन्त्रको हार्दिक शुभकामना"
आजको राशिफलः २०८२ भदाैं १२ गते बिहिवार
आजको मौसमः काेशी, गण्डकी, लुम्बिनीमा बर्षा हुन सक्ने
आजको राशिफलः २०८२ भदाैं ८ गते आईतबार
आजको राशिफलः २०८२ भदाैं ७ गते शनिबार
खेल क्षेत्रको विकास गर्न पार्टीको निर्देशन कुरेर नबस्नुस : उपसभापति गुरुङ
नेपाली राजनितीमा विकृति मौलाउदै गएको छ : उपसभापति गुरुङ
यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म
प्रतिक्रिया