गणतन्त्रमा बदला लिएर होइन बदलिएर काम गर्नुपर्छ : उपसभापति गुरुङ

काठमाडौ,१५ जेठ । नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले गणतन्त्रमा बदला लिएर होइन बदलिएर काम गर्नुपर्ने बताउनु भएको छ ।
गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पुर्व कानून मन्त्री समेत रहनु भएका गुरुङले गणतन्त्रको सुन्दरता भनेको स्वच्छ प्रतिस्पर्धा भएको बताउनु भएको हाे । गणतन्त्र/लोकतन्त्रमा प्रतिशोध र बदला नहुने भन्दै जब हामी प्रतिस्पर्धा भन्दा प्रतिशोध साँध्न थाल्छौं र बदलिएर काम गर्नुको सट्टा बदला लिन खोज्छौं तब गणतन्त्र/लोकतन्त्र कमजोर हुने उहाँको तर्क छ ।
उहाँले लेख्नु भएको छ "गणतन्त्र/लोकतन्त्रको सुन्दरता स्वच्छ प्रतिस्पर्धा हो। जहाँ बद्लिएर काम गर्नुपर्छ।
गणतन्त्र/लोकतन्त्रमा प्रतिशोध हुँदैन र बद्ला पनि हुँदैन।
जब हामी प्रतिस्पर्धा भन्दा प्रतिशोध साँध्न थाल्छौं र बद्लिएर काम गर्नुको सट्टा बद्ला लिन खोज्छौं तब गणतन्त्र/लोकतन्त्र कमजोर हुन्छ।
गणतन्त्रको हार्दिक शुभकामना"

अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान

चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा

आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

आजको राशिफलः २०८२ असार २८ गते शनिवार

बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियाे मुद्द…

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

प्रतिक्रिया