जातको नाममा विभेद गर्नेलाई कानुन बमोजिम दण्डित नगरेसम्म विभेद उन्मुलन हुन्न : पुर्व कानुन मन्त्री गुरुङ
काठमाडौ,२३ जेठ । नेपाली काङ्ग्रेसका उपसभापति, पुर्व कानुन मन्त्री धनराज गुरुङले जातको नाममा विभेद गर्नेलाई कानुन बमोजिम दण्डित नगरेसम्म जातीय विभेद उन्मुलन नहुने बताउनु भएको छ ।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै पुर्व कानुन मन्त्री गुरुङले जातका आधारमा मान्छे ठूलो सानो नहुने भन्दै यो चेतना सबैमाझ पुर्याउन आवश्यक रहेको बताउनु भएको हो ।
उहाँले लेख्नु भएको छ "जबसम्म राज्यले जातको नाममा बिभेद गर्नेलाई कानून बमोजिम दण्डित गर्दैन तबसम्म जातीय बिभेद उन्मुलन नारामा सिमित हुन्छ।
आज जातीय बिभेद तथा छुवाछुत मुक्त घोषणा दिवशका सन्दर्भमा "जातले मान्छे ठूलो र सानो कदापि हुँदैन भन्ने चेतना सबैमा आओस्।" भन्ने कामना गर्द
छु।"
आजको राशिफलः २०८२ भदाैं १२ गते बिहिवार
आजको मौसमः काेशी, गण्डकी, लुम्बिनीमा बर्षा हुन सक्ने
आजको राशिफलः २०८२ भदाैं ८ गते आईतबार
आजको राशिफलः २०८२ भदाैं ७ गते शनिबार
खेल क्षेत्रको विकास गर्न पार्टीको निर्देशन कुरेर नबस्नुस : उपसभापति गुरुङ
नेपाली राजनितीमा विकृति मौलाउदै गएको छ : उपसभापति गुरुङ
यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म
प्रतिक्रिया