राउण्ड फेवा भ्यू फेवा’ पदमाग{को सरसफाइ,

पोखरा १६ असार । राउण्ड फेवा भ्यू फेवा हाईकिङ पदमाग{को सरसफाइ गरिएको छ । ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा पदमाग{को सरसफाइ गरिएको हो । टान गण्डकीको आयोजनामा नेपाल पय{टन बोड{ र नेपाल पय{टन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकाय{मा पोखरामा पय{टक पथ प्रदश{क, ट्रेकिङ गाइड र पोटर गाइड तालिम संचालन भइरहेको छ । सोही तालिममा सहभागिलाई प्रयोगात्मक कक्षा अन्त{गत राउण्ड फेवा भ्यू फेवा हाईकिङ पदमाग{को सरसफाइ, हाइकिङ तथा क्याम्पिङ काय{क्रम गरिएको टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचाय{ले जानकारी दिए । सरसफाई अन्त{गत पदमाग{मा संकलित फोहोर डुंगा माफ{त ओसारी व्यवस्थापन गरिएको थियो । अध्यक्ष आचाय{ले फेवाताल काखमा माछापुच्छ«े हिमालयको सुन्दर दृष्य सगै पोखराको दृष्य अवलोकनका लागि यो पदमाग{ उपयुक्त रहेको बताए । फेवा तालको ड्याम साइडदेखि रानीवन, मेवाखोला हुँदै मागी{सम्म एक दिनको हाइकिङ पदमाग{ गन{ सकिन्छ । टानले फेवा ताललाई केन्द्रमा राखेर पोखरा आउने पय{टकलाई छोटो दुरीको फेवा हाईकिङ पदमाग{को प्रवद्ध{न गरेको हो । राउण्ड फेवा भ्यू फेवा हाईकिङ पदमाग{को सरसफाइ, हाइकिङ तथा क्याम्पिङ काय{क्रको समापनको अवसरमा बोल्दै पोखरा महानगरपालिका वडानम्बर २२ का अध्यक्ष हिमलाल बरालले यो पदमाग{ निमा{ण सम्पन्न हुदाँ फेवावतालको एक फन्को लगाउन सकिने र त्यसको लागि पदमाग{ स्तरोन्तीको काम भइरहेको बताए । आगामी आथि{क वष{मा करिब १३ किलोमिटर लामो पदमाग{को निमा{ण सम्पन्न गने{ वडाध्यक्ष बरालले जानकारी दिए । पोखरा पय{टन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले पदमाग{ सफाइ अभियान चालनउनुपने{ बताए । उनले त्यसका लागि पय{टक पथ प्रदश{क, ट्रेकिङ गाइडको भूमिका महत्वपूण{ हुने भुजेलको भनाई थियो । होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पय{टन क्षेत्रमा काम गन{ चाहनेहरुका लागि यही राम्रो सम्भावना रहेको बताए । विदेशमा काम गन{ सोचे जस्तो सहज नरहेको बतादै सुवेदीले पय{टक पथ प्रदश{क, ट्रेकिङ गाइड पेसामा यही सम्भावना रहेको चचा{ गरे । वडा प्रहरी काया{लय बैदामका प्रमुख प्रहरी नयाब उपरिक्षक सन्तोष निरौलाले तालिममा सिकेका कुराहरु प्रशिक्षाथी{ले व्यवहारीक रुपमा उतान{ सके व्यवसायीक जीवनले सफलताको शिखर चुम्ने सक्ने सुनाए । काय{क्रममा टान गण्डकीका प्रथम उपाध्यक्ष तिथ{राज सुवेदी, द्धितिय उपाध्यक्ष मोहन सुवेदी, काय{समिति सदस्य रेनुका काकी{ले पदमाग{को सम्भावना वारे चचा{ गरेका थिए । तालिम जेठ २६ गतेबाट सुरु भएको थियो । पय{टक पथ प्रदश{क, ट्रेकिङ गाइड र पोटर गाइड गरि ३ सय ५० जना तालिममा सहभागि भएका छन् ।