२८ लाखसहित पर्साबाट तीन जना हुण्डी कारोबारी पक्राउ

पर्सा - पर्साबाट स्रोत नखुलेको २८ लाख २८ हजार रुपैयाँसहित तीन जना हुण्डी कारोबारी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पकाहामैनपुर गाउँपालिका-२ का २६ वर्षीय अनिलकुमार वर्णवाल, बारा परवानीपुर गाउँपालिका- ४४ वर्षीय दीपककुमार सोनार र वीरगन्ज महानगरपालिका-३ आदर्श टोलका २३ वर्षीय विनितकुमार श्रीवास्तव रहेका छन्।
उनीहरूलाई पर्साका विभिन्न स्थानबाट मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।
वर्णवालको साथबाट ९ लाख ४७ हजार, श्रीवास्तवको साथबाट १८ लाख ८१ हजार र सोनारको साथबाट तीन लाख रुपैयाँ बरामद भएको लम्सालले बताए।
स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। हुण्डी कारोबारको रकमले कानुनी रित नपुग्ने हुँदा राष्ट्र बैंक अन्तर्गतको कसुर आकर्षित हुने गरेको छ।
पक्राउ परेकालाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान

चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा

आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

आजको राशिफलः २०८२ असार २८ गते शनिवार

बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियाे मुद्द…

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

प्रतिक्रिया