कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

वि.सं.२०८२ साल आषाढ २० गते । शुक्रबार । ईश्वी सन् २०२५ जुलाई ४ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । आषाढ शुक्लपक्ष । तिथि–नवमी, २८ घडी ४० पला, बेलुकी ४ बजेर ४२ मिनेट उप्रान्त दशमी ।

नक्षत्र–चित्रा, ३१ घडी २७ पला, बेलुकी ५ बजेर ४९ मिनेट उप्रान्त स्वाती । योग– शिव, ३९ घडी ५९ पला, बेलुकी ९ बजेर १४ मिनेट उप्रान्त सिद्ध । करण–कौलव, बेलुकी ४ बजेर ४२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–तुला ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १४ मिनेट । सूर्यास्त बेलुकी ७ बजेर १ मिनेट । दिनमान ३४ घडी २९ पला ।  

आजको बार बेला  

बिहान ५ बजेर १४ मिनेटसम्म चर बेला ।

बिहान ५ बजेर १५ मिनेटदेखि बिहान ६ बजेर ५८ मिनेटसम्म लाभ बेला ।

बिहान ६ बजेर ५८ मिनेटदेखि बिहान ८ बजेर ४१ मिनेटसम्म अमृत बेला ।

बिहान ८ बजेर ४२ मिनेटदेखि बिहान १० बजेर २४ मिनेटसम्म काल बेला ।

बिहान १० बजेर २५ मिनेटदेखि बिहान १२ बजेर ८ मिनेटसम्म शुभ बेला ।

मध्यान्ह १२ बजेर ९ मिनेटदेखि दिउसो १ बजेर ५१ मिनेटसम्म रोग बेला ।

दिउसो १ बजेर ५२ मिनेटदेखि दिउसो ३ बजेर ३५ मिनेटसम्म उद्वेग बेला ।

दिउसो ३ बजेर ३६ मिनेटदेखि बेलुकी ५ बजेर १८ मिनेटसम्म चर बेला ।

बेलुकी ५ बजेर १८ मिनेटदेखि बेलुकी ८ बजेर १८ मिनेटसम्म रोग बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।

राहुकाल

बिहान १० बजेर २४ मिनेटदेखि दिउसो १२ बजेर ७ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त

बिहान ३ बजेर ३८ मिनेटदेखि बिहान ४ बजेर २६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आर्थिक पक्ष बलियो रहने हुनाले जीवन शैली विलासी रहनेछ । नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक सम्पत्ति जोड्न सकिनेछ । आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रसन्न रहनेछ । रमाइलो यात्राको तय गर्न सकिनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसी रहनेछ । तरपनि यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

 

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसायमा लगानी बढाएर प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेममा सामीप्य बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम रहनेछ ।

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुँदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ । बैक तथा वित्तीय क्षेत्रसँग पेसाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) घरायसी समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमासँग टाढिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाइने छैन । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिएपनि नतिजाको लागी केही समय कुर्नु नै पर्नेछ । तरपनि कृषि तथा पशुपालन व्यवसायमा भने मनग्गे आम्दानी हुने योग रहेको छ ।

 

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) गलत लेखाइ अथवा गलत बुझाईले आफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने भए पनि बढी नै उत्साहित हुन खोज्दा नराम्रो घट्न घट्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गरे पनि नाफा कमाउन बढी नै समय खर्चनु पर्नेछ । तरपनि माया प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउनेछ । आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । व्यापार व्यवसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरू सम्पादन हुनेछन् ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृढ हुनेछ । पढाइ लेखाइमा अरूभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरूको मन आफूतिर लोभ्याउन सकिनेछ ।  

 

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधी खर्च बढेर जानेछ । व्यापार व्यवसायमा लगानी गरेपनि आम्दानी कम हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफूभन्दा अग्रजसँग राय बाझिने तथा मनमुटाब बढ्ने योग रहेको छ । प्रेममा अविश्वास तथा मनमुटाब बढ्नेछ । तरपनि लामो दुरीको विदेश यात्राको योग रहेको छ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । शिक्षा तथा बैकसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारी साधन सम्बन्धी झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको सिकार होईनेछ । पढाइ लेखाइमा भने विद्यार्थी वर्गहरूले अलि बढी ध्यान दिए सफलता हात पार्न सक्नेछन् । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।  

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खोज तथा अनुसन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । दाजुभाइ तथा आफन्तको सहयोग पाइने हुनाले असजिला कामहरू सहजै सल्टाउन सकिनेछ । माया प्रेममा सामीप्य बढ्ने योग रहेको छ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । नसोचेको उपलब्धि हासिल हुनेछ भने समयले साथ दिने हुनाले तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ ।

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कामहरू समयमा नसकिने तथा अरूबाट बाधा व्यवधान हुने हुनाले मानसिक तनाव बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरूभन्दा पछि परिनेछ । प्रेम प्रशङ्ग टाढै रहनुहोला प्रिय पात्रसँग मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । बिधिबिधान तथा कानुन संवत् काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेको छ । 

तपाईँको दिन शुभ रहोस् । - दुर्गा प्रसाद भण्डारी