नेपाल द्रुत गतिमा विकास गर्ने हो भने जडिबुटी क्षेत्रलाई प्रबर्द्धन गर्नुपर्छ : उपसभापति गुरुङ
काठमाडौ,१८ साउन । नेपाली काङ्ग्रेसका उपसभापति, पुर्व मन्त्री धनराज गुरुङले नेपाललाई द्रुत गतिमा विकास गर्ने हो भने जडिबुटी क्षेत्रको खेतीमा जोड दिनुपर्ने बताउनु भएको छ ।
नेपाली काङ्ग्रेस प्राकृतिक श्रोत विभागले नेपाली काङ्ग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको जडिबुटी विशेष कार्यक्रममा बोल्दै उहाँले नेपाललाई आर्थिक क्षेत्रमा छिटो फड्को मार्न सक्ने जडिबुटी क्षेत्र भएको बताउनु भएको हो । उहाँले भन्नुभयो " हाइड्रोपावर लगायतमा गरेको लगानीले प्रतिफल दिन आठ दश बर्ष लाग्छ भने जडिबुटी क्षेत्रमा गरिएको लगानीले एक डेढ बर्षमै प्रतिफल दिन्छ ।" 
नेपालमा प्रशस्त रूपमा पाइने जडिबुटी कानुनको अभावमा लोप हुँदै गएको भन्दै कानुन निर्माण गरेर त्यस्ता जडिबुटीको खेती गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आफू कानुन मन्त्री हुँदा जडिबुटी सम्बन्धि कानुन निर्माण गर्न प्रयास गरेपनि सफल हुन नसकेको प्रसङ्ग जोड्दै जडिबुटी सम्बन्धि कानुन निर्माणको लागि वन तथा वातावरण मन्त्रालयले नै विधेक तयार पार्नुपर्ने बताउनुभयो । "म कानुन मन्त्री हुँदा वन तथा वातावरण मन्त्रीलाई जडिबुटी उत्पादन, ब्यबस्थापन, प्रबर्द्धनको लागि विधेयक ल्याउन पटकपटक आग्रह गरे तर पनि विधेयक आउन सकेन ।" उहाँको भनाइ थियो ।
नेपाललाई आर्थिक क्षेत्रमा द्रुत गतिमा उकास्न जडिबुटी क्षेत्र नै भएको दोहोराउदै यससंग सम्बन्धित सरोकारवाला सबैलाई निरन्तर चासो राख्न पनि उहाँले आग्रह गर्नुभ
यो ।
आजको राशिफलः २०८२ भदाैं १२ गते बिहिवार
आजको मौसमः काेशी, गण्डकी, लुम्बिनीमा बर्षा हुन सक्ने
आजको राशिफलः २०८२ भदाैं ८ गते आईतबार
आजको राशिफलः २०८२ भदाैं ७ गते शनिबार
खेल क्षेत्रको विकास गर्न पार्टीको निर्देशन कुरेर नबस्नुस : उपसभापति गुरुङ
नेपाली राजनितीमा विकृति मौलाउदै गएको छ : उपसभापति गुरुङ
यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म
प्रतिक्रिया