नेपाली राजनितीमा विकृति मौलाउदै गएको छ : उपसभापति गुरुङ
काठमाडौ, ३० साउन । नेपाली काङ्ग्रेसका उपसभापति,पुर्व मन्त्री धनराज गुरुङले नेपाली राजनीतिमा विकृति मौलाएको बताउनु भएको छ ।
नेपाली काङ्ग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा आयोजित नेपाल राष्ट्रिय मगर संघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पुर्व मन्त्री गुरुङले पछिल्लो समय राजनीतिमा मौलाउदै गएको विकृति सबै मिलेर चिर्नुपर्ने बताउनुभयो । महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले नेपालका हरेक परिवर्तनमा सबै जातजाति समुदायको ठुलो योगदानले मात्रै परिवर्तन सम्भव भएको उल्लेख गर्दै अधिकार मागेर नपाइने बताउनुभयो ।
अब देशको मुख्य नेतृत्वमा मगर लगायतका जनजातीहरुले दावी गर्न ढिला गर्न नहुने भन्दै त्यसको लागि संगठन बिस्तारमा लाग्न सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो , "जनजातीहरुलाई सोझो जाती भनेर मख्ख पारेको छ, त्यहीँ मख्खमा पर्दा नेतृत्वमा पुग्न सकेनन् ,अधिकार मागेर पाइने होइन खोसेर लिनुपर्छ ।" 
इतिहासलाई एक पटक फर्केर हेर्ने र भविष्यको बाटो कोर्न तयार भएर अगाडि बढ्नुपर्ने बताउदै पार्टी भित्र अथवा पार्टी बाहिर अवसर त्यतिकै प्राप्त नहुने बताउनुभयो । हिजो अवसर पाउनेहरुले पनि योगदानका आधारमा अवसर प्राप्त गरेको र भोलि पनि योगदानकै आधारमा अवसर प्राप्त हुने भन्दै सबैलाई योगदान गर्न आग्रह गर्नुभयो ।
जनजाति तर्फ लक्षित गर्दै उहाँले बन्दुक चलाउने हातले कलम चलाउन नजान्दा पछाडि परेको हुनसक्ने उल्लेख गर्दै सबैलाई चनाखो हुन आग्रह समेत गर्नुभयो ।
आजको राशिफलः २०८२ भदाैं १२ गते बिहिवार
आजको मौसमः काेशी, गण्डकी, लुम्बिनीमा बर्षा हुन सक्ने
आजको राशिफलः २०८२ भदाैं ८ गते आईतबार
आजको राशिफलः २०८२ भदाैं ७ गते शनिबार
खेल क्षेत्रको विकास गर्न पार्टीको निर्देशन कुरेर नबस्नुस : उपसभापति गुरुङ
यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म
तानसेन होमस्टे समिति अध्यक्षमा बस्याल
प्रतिक्रिया