खेल क्षेत्रको विकास गर्न पार्टीको निर्देशन कुरेर नबस्नुस : उपसभापति गुरुङ
पोखरा, २ भदौ । खेल क्षेत्रको विकासको निम्ति पार्टीको निर्देशन कुरेर बस्न नहुने नेपाली काङ्ग्रेसका उपसभापति एवम् पुर्व मन्त्री धनराज गुरुङले बताउनुभएको छ ।
नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको गण्डकी प्रदेश समितिको प्रथम प्रदेश अधिवेशन उद्घाटन गर्दै उपसभापति गुरुङले खेल क्षेत्रमा कुनै पार्टी, धर्म, जात नहुने भन्दै खेल क्षेत्रलाई सबैभन्दा माथी राखेर सोच्नुपर्ने बताउनु भएको हो ।
पोखराको शितलादेवी पार्टी प्यालेसमा भएको अधिवेशनलाई सोमबार उद्घाटन गर्दै उहाँले अनुशासनको उदाहरण मानिने खेल क्षेत्रबाट राजनीतिले अनुशासन सिक्नुपर्ने बताउनुभयो ।
खेल क्षेत्र अनुशासनमा बाधिएको हुन्छ, विभिन्न क्षेत्रलाई बाध्न विभिन्न नितिहरु बनाइरहेका हुन्छौं सबैको नीति भनेको राजनीति हो । राजनीति राम्रो भयो भने सवै निति राम्रो हुन्छ त्यसैले राजनीति सुधार्न सबै लाग्नुपर्छ ।
नेपाली राजनीतिमा अनुशासन हराउदै गएको उल्लेख गर्दै अनुशासनको क्षेत्रमा अब्बल मानिएको खेल क्षेत्र बाट नेपाली राजनीतिले अनुशासन सिक्नुपर्ने धारणा राख्नुभयो । 
एक नेताले अर्को नेतालाई एक पार्टीले अर्को पार्टीलाई खुल्याउने प्रवृत्ति बढेको भन्दै यस्तो अनुशासनहिन लोकतन्त्र/गणतन्त्र हुन नसक्ने उहाँको भनाइ थियो । नेपाली राजनीतिमा स्वच्छ प्रतिस्पर्धा हुन नसकेको भन्दै राजनीतिमा स्वच्छ प्रतिस्पर्धा हुन नसक्दा लोकतन्त्र/गणतन्त्र धरापमा पर्दै गएको बताउनुभयो ।
राष्ट्रियताको सवालमा पार्टी, जाति, भेग, समुदाय कुनै वाहनमा बिभाजन हुन नहुने भन्दै नेपालमा समाजवाद अझै आउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो "एउटा धनी मात्रै भैइरहने र अर्को गरिब मात्रै भैइरहने यहाँ समाजवाद आएकै छैन ।"
लोकतन्त्र, गणतन्त्रलाई अप्ठ्यारो पर्दा मात्रै पार्टीको निर्देशन मान्नुपर्ने बताउदै खेल क्षेत्रको विकासको लागि पार्टीको निर्देशन कुरेर बस्नुनपर्ने बताउनुभयो । उहाँले भन्नुभयो " नेपाल लोकतान्त्रिक खेलकुद संघ नेपाली काङ्ग्रेसको भातृ संगठन भएपनि खेल क्षेत्रको विकासको लागि पार्टीको निर्देशन कुरेर नबस्नुस ।"
आजको राशिफलः २०८२ भदाैं १२ गते बिहिवार
आजको मौसमः काेशी, गण्डकी, लुम्बिनीमा बर्षा हुन सक्ने
आजको राशिफलः २०८२ भदाैं ८ गते आईतबार
आजको राशिफलः २०८२ भदाैं ७ गते शनिबार
नेपाली राजनितीमा विकृति मौलाउदै गएको छ : उपसभापति गुरुङ
यी हुन् रजनीकान्तको सबैभन्दा धेरै कमाउने १० फिल्म
तानसेन होमस्टे समिति अध्यक्षमा बस्याल
प्रतिक्रिया