राजकीय सम्मानमा साथ दाहालको अन्त्येष्टि (तस्वीरहरु)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो । उनको पार्थिक शरीरमा नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिइएको थियो ।
प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिक शरीरमा दागबत्ती दिएका थिए । प्रधानमन्त्रीको साथमा उनका छोरीहरु रेणु र गङ्गा दाहालले सीताको पार्थिक शरीरमा दागबत्ती दिएका हुन् ।
आज बिहान निधन भएकी सीतालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शवयात्राका साथ पशुपति आर्यघाट पुर्याइएको थियो । पशुपति आर्यघाटमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाललगायत शीर्ष नेताहरुको उपस्थिति थियो ।
त्यस्तै, आर्यघाटमा मन्त्रीगण, सरकारी अधिकारी, नेकपा(माओवादी केन्द्र)का नेता तथा कार्यकर्ता र शुभेच्छुकको बाक्लो उपस्थिति थियो ।

वैदेशिक रोजगार विभागको ‘अनलाइन’सेवा अवरुद्ध

सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते

नेपाल–भारत जमुनाहा नाकाः गाडीको तीव्रगतिले ज्यान गुमाउँदै नेपाली

आज नागढुंगा सुरुङको ब्रेक थु हुँदै

चार प्रदेशमा पानी पर्ने, कोशीमा हावाहुरी चल्ने

सामाजिक सञ्जाल नियमन र व्यवस्थापनका लागि परामर्श सुरु

प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण अब पूर्णरुपमा अनलाइनबाट

प्रतिक्रिया