फिलिपिन्समा उपाधि जितेका बालबालिकाले केक काट्दै गरे सेलिब्रेसन
काठमाडौंँ । फिलिपिन्समा दुई शिर्ष सहित ५ उपाधि नेपाल भित्र्याएका बालबालिकाले उक्त खुसी केक काट्दै सेलिब्रेसन गरेका छन् । दरबारमार्ग स्थित एक रेष्टुरेन्टमा आयोजित सक्सेस पार्टीमा ५ विजेता, उनीहरुको फ्यामिली, आयोजक लगायतको उपस्थिती रहेको थियो । उनीहरुले त्यहाँ पार्टी समेत गरेका छन् ।
बालबालिकाले केही अगाडि फिलिपिन्समा ‘क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’ मा दुई शिर्ष सहित ५ उपाधि नेपाल भित्र्याउन सफल भएका थिए । फिलिपिन्सको राजधानी मनिलामा आयोसिजत प्रतियोगीतामा संयक श्रेष्ठले ‘योङ प्रिन्स क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’, लावेन लिम्बुले ‘योङ प्रिन्सेस क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’ को शिर्ष उपाधि हात परेका थिए ।
त्यस्तै दर्शना संग्रौला फष्ट रनरअप र ‘टिन क्राउन्ड एम्बेसडर इन्टरनेशनल २०२३’ मा रिदिमा नेपाल फष्ट रनर अफ भएका थिए । प्रतियोगीतामा श्रृजना प्रधानले भने ‘योङ प्रिन्सेस क्राउन्ड एम्बेसडर कल्चर इन्टरनेशनल’ सवटाइटल प्राप्त गरेकी थिइन् ।
प्रतियोगीतामा सहभागी सबै प्रतियोगी रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका बिभिन्न सौन्दर्य प्रतियोगीताका विजेता रहेका थिए । उनीहरुलाई रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा फेसन कोच राज फैजु आफैले लिएर सहभागी थिए ।
प्रतिक्रिया