टेलिभिजन रियालिटी शो महागफाडीको घोषणा

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘महागफाडी’को औपचारिक घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच शोको घोषणा गरिएको हो । साउन १५ गतेबाट डिजिटल अडिसन सुरु हुने शोको प्रसारण शुभारम्भ असोज तेस्रो साताबाट गरिने छ ।

शोमा नरेशनाथ योगीको निर्देशन रहनेछ । उनी फिल्म लेखक, कोरियोग्राफर र द्वन्द्व निर्देशकसमेत हुन् । उनी भन्छन्, ‘मनोरञ्जनका विविध विधामध्ये वाक कला पनि एक हो । जो अहिलेसम्म सही प्लेटफर्म नपाएर चुपचाप बसेका र बोलेर नै जीवनमा केही गर्छु भन्नेहरुका लागि महा गफाडी उपयोगी र नविन प्लेटर्फम साबित हुनेछ ।’

ढाकाटोपी फिल्मस्को व्यानरमा निर्माण हुने रियालिटी शोमा संसारभर रहेका नेपालीभाषी तथा नेपाली नागरिकले सहभागीता जनाउन सक्नेछन् । यो शोमा आफ्नो मातृभाषामा समेत अडिसन दिन मिल्ने सुविधा आयोजन कम्पनीले दिएको छ । तर प्राथमिकता भने नेपाली भाषा नै रहनेछ । निर्माण कम्पनीका अनुसार सहभागीले शोको सिजन अवधीभर आफ्नो ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानका आधारमा आफुलाई ‘महागफाडी’को रुपमा प्रस्तुत गनुपर्ने छ ।

यो रियालिटी शोको अडिसन डिजिटल प्लेटर्फममा मात्रै गरिनेछ । फिजिकल रुपमा डिजिटल अडिसनबाट छानिएका उत्कृष्ट १८ जना मात्र सहभागी हुनेछन् । १६ हप्तासम्म चल्ने कार्यक्रमको फाइनल अष्ट्रेलियामा गरिनेछ, भने पहिलो वर्ल्डटुरको सुरुवात क्यानडाबाट गरिने जानकारी आयोजकले दिएको छ ।

दर्शकको भोटिङका आधारमा रियालिटी शोको विजेता छनोट गरिनेछ । जसको भोटिङ पार्टनरको रुपमा माई पे रहेको छ । कुनै एक टेलिभिजनबाट प्रसारण हुने रियालिटी शोकको हालसम्म डिजिटल राइट्स भने बेचिएको छैन् ।

शोको निर्णायक मण्डलमा हास्यव्यङ्गय कवि शैलेन्द सिंम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ रहनेछन् । यो कार्यक्रमको सञ्चालन कलाकार कामेश्वर चौरासियाले गर्नेछन् । अभिनयबाट गुमनाम रहेका कामेश्वर यही शोबाट टेलिभिजनको पर्दामा देखिँदैछन् ।

शो विजेताले १५ लाख नगद पुरस्कार तथा सवारी साधन, फर्स्टरनरअप लाई १० लाख नगद र सवारी साधन, सेकेण्ड रनरअपलाई ५ लाख नगद र सवारी साधन तथा चौंथो र पाँचौं हुनेलाई आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरिने शोका निर्देशक योगीले बताए ।

शोको प्रोजेक्ट हेटमा दिपक आरजे, प्रोजेक्ट म्यानेजरमा समिर खरेल, क्रियटिभ हेडमा मनोज केसी, कन्टेन्ट राइटर तथा मेन्टर हेडमा सुमन कोइराला, डिओपी निश्चल पौडेल, आईटी हेडमा बोनिस श्रेष्ठ, स्टाइलिसमा जेनिशा निरौला र मेन्टर हेडमा प्रदीप चौधरी रहेका छन् ।