पहिरोले बेँशीसहर–चामे सडक अवरुद्ध

लमजुङ । पहिरोले लमजुङ र मनाङ जिल्लालाई जोड्ने बेँशीसहर–चामे सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै बेँशीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो गएको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार उक्त भिरमा पहिरो झर्ने क्रम जारी छ । पहिरोका कारण सवारीसाधन बाटोमै थन्किएका छन् । ‘तत्काल सडक खुलाउन असम्भव छ’, उनले भने ।
सडक अवरुद्ध हुँदा लमजुङको उत्तरी भेगका साथै मनाङवासी मारमा परेका छन् । उक्त सडकखण्डअन्तर्गत लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर सडक पर्छ ।

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

आज–०५ मंसिर २०८० मंगलवारको राशिफल

चाड–पर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताको धरोहरः सभापति देउवा

भारतीय गीतकार समिरलाई काठमाडौँमा अभिनन्दन

रेड अन टिजर सार्वजनिक

आज–२७ कार्तिक २०८० सोमवारको राशिफल

अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख

प्रतिक्रिया