तस्वीरमा चालिसे बस दुर्घटना
_Zxx28OCS9r_x6huwjtup8v0t09zvposmhjg9d3a7oezfulw4spj0d8mja5jv2vusbwacibs_vZ8xvhRAEb_by5dne79mv5adun8bbmmcycxrtuoopr3pyljqgrb87c9sjurj6gq5l7hfnrp.jpg)
काठमाडौं । बुधबार बिहान काठमाडौंबाट पर्वत हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको म्याग्दी कोरला यातायात प्रालिको बस धादिङको गजुरी गाउँपालिका २ चालिसे स्थित पृथ्वी लोकमार्गमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई त्रिशुली नदिमा सडकबाट अन्दाजी ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृतकमध्ये तीनको पहिचान भएको छ भने बाँकीको पहिचान हुन बाँकी छ । दुर्घटनास्थलबाट जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी र स्थानीयको सहयोगमा १७ जनाको जीवित उद्धार गरिएको छ ।
प्रहरीका अनुसार बसमा २५ जना सवार थिए । उद्धार गरिएकामध्ये १४ जनालाई थप उपचारको लागि काठमाडौंतर्फ ल्याइएको छ । एकजना भने उपचार पश्चात डिस्चार्ज भएका छन् । बाँकी १ जनाको मलेखुको टिचिंग अस्पतालमा उपचार भइरहेको छ । एकजना भने सकुशल छन् ।

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

आज–०५ मंसिर २०८० मंगलवारको राशिफल

चाड–पर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताको धरोहरः सभापति देउवा

भारतीय गीतकार समिरलाई काठमाडौँमा अभिनन्दन

रेड अन टिजर सार्वजनिक

आज–२७ कार्तिक २०८० सोमवारको राशिफल

अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख

प्रतिक्रिया