नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ

जानकी (बाँके) । बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।
विमानस्थलमा जाँचका क्रममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । कर अधिकृत सापकोटाका साथमा रहेका तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दीपक पौडल भने फरार भएको उनले बताए ।
उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगञ्जदेखि काठमाडौँ जाँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

आजको राशिफल: २०८१ बैशाख ८ गते साेमवार

सलमानको 'सिकिन्दर' लाई धुलो चुटाउने मोहनलालको फिल्म अब ओटिटीमा

एक्कासी कसरी दुब्ला भए जुनियर एनटिआर, तस्विर देखेर फ्यानहरू अचम्मित

आजको मौसमः अरब सागरबाट भित्रिएकाे जल वाष्पयुक्त हावाको प्रभाव रहने

मोहनलालको एम्पुरान बन्यो सबैभन्दा बढी कमाउने मलायालम फिल्म

यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार…

अन्ततः अगस्त १४ मा भिडने भए ऋतिक रोशन र रजनीकान्त

प्रतिक्रिया