जमुनाह नाकामा सुरक्षा सतर्कता

राँझा (बाँके) । चाडपर्व नजिकिँदै गर्दा नेपालगञ्जस्थित जमुनाह नाकामा अवाञ्छित गतिविधि हुन नदिन सतर्कता अपनाइएको छ ।
भारतका विभिन्न सहरबाट कमाइ गरेर घर फर्किने नेपाली र किनमेलका लागि सीमावर्ती भारतीय बजार रुपैडिहा जाने नेपाली उपभोक्तालाई आवागमनमा सहजताका लागि विशेष सतर्कता अपनाइएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले बताए ।
‘अहिले भारततिर जाने र आउने सर्वसाधारणले जमुनाहमा भीडभाड बढेको छ’, विष्टले भने, ‘सीमानाकामा लुटपाट हुन नदिन र सहजरुपमा आवतजावतका लागि हरदम प्रयास गरिरहेका छौँ ।’
भारतीय सुरक्षाकर्मीले आवागमनमा परिचयपत्र अनिवार्य गरेकाले परिचयपत्र नभएर अलपत्र परेका नेपालीलाई रुपैडिहा पुगेर भनसुन गरी नेपालतर्फ आउने वातावरणसमेत बनाउने गरेको उनको भनाइ छ ।
अहिले सीमावर्ती भारतीय बजार रुपैडिहा जान अनिवार्य परिचयपत्रको व्यवस्था गरिएकाले नेपाली उपभोक्ताले सास्ती व्यहोर्दै आएका छन् । नेपालगञ्ज भन्सार कार्यालयले रु एक सयभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने गरी कडाइ गरे पनि घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यकपर्ने खाद्यान्न र लत्ताकपडा खरिदका लागि दैनिक हजारौँको सङ््ख्यामा नेपाली उपभोक्ता सीमावर्ती भारतीय बजार रुपैडिहा पुग्ने गरेका छन् ।
बाँकेका ग्रामीण क्षेत्र र बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट तथा सल्यानलगायतका उपभोक्तासमेत किनमेलका लागि भारतीय बजार रुपैडिहा जाने गरेका छन् । सीमा क्षेत्रमा चाडपर्वका बेलामा लुटपाटका घटनासमेत हुने भएकाले सुरक्षा सतर्कता आवश्यक रहेको स्थानीय नागरिक अगुवा तेजविक्रम शाहले बताए ।

आजको राशिफल: २०८१ बैशाख ८ गते साेमवार

सलमानको 'सिकिन्दर' लाई धुलो चुटाउने मोहनलालको फिल्म अब ओटिटीमा

एक्कासी कसरी दुब्ला भए जुनियर एनटिआर, तस्विर देखेर फ्यानहरू अचम्मित

आजको मौसमः अरब सागरबाट भित्रिएकाे जल वाष्पयुक्त हावाको प्रभाव रहने

मोहनलालको एम्पुरान बन्यो सबैभन्दा बढी कमाउने मलायालम फिल्म

यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार…

अन्ततः अगस्त १४ मा भिडने भए ऋतिक रोशन र रजनीकान्त

प्रतिक्रिया