मधेसी र मुस्लिम महिला स्वास्थ्य जाँच गराउँदै
नेपालगञ्ज । बाँकेमा रहेका मधेसी र मुस्लिम महिलाले पछिल्लो पटक खुलेर स्वास्थ्य जाँच गराउन थालेका छन् ।
नेपालगञ्ज र आसपासका गाउँपालिकामा भएका विभिन्न शिविरमा उनीहरूले स्वास्थ्य जाँच गराउन थालेको अगुवा महिलाहरू बताउँछन् । ‘पहिले मधेसी र मुस्लिम समुदायका महिला स्वास्थ्य जाँच गर्न लाजले मान्दैनथे तर अहिले विस्तारै आफ्नो समस्या भन्न थालेका छन्’, अभियन्ता तथा फातिमा फाण्डेसन, बाँकेकी अध्यक्ष मैमुना सिद्धिकीले भनिन् ।
उनले महिलामा देखिने स्वास्थ्य समस्या टालटुल गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै चरम लापरबाहीका कारण समस्या जटिल हुँदै गएको बताइन् । अध्यक्ष सिद्धिकीले बालविवाह र धेरै बच्चा पाउने समस्या देखिएकाले मधेसी र मुस्लिम महिला स्वास्थ्य समस्याबाट पीडित भएको जानकारी दिँदै २० देखि ४० वर्षका महिलामा पाठेघरको मुखको क्यान्सर देखिएको उल्लेख गरिन् ।
‘महिला आर्थिकरूपमा सशक्त छैनन् र अस्पताल जान पनि लाज मान्छन् त्यसैले हामीले गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेका थियौँ’, उनले भने । फातिमा फाण्डेसन नेपालको सहयोग र टेवा नेपाल काठमाडौँको आयोजनामा जिल्लाको जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगर नगरपालिकाको मधेसी तथा मुस्लिम बाहुल्य क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन भएको थियो । सो शिविरमा परीक्षण गराएकामध्ये १४ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिएको छ ।
उक्त शिविर नेपालगञ्जको १४ नं वडामा पनि सञ्चालन गर्ने तयारी भएको छ । अध्यक्ष सिद्धिकीले घरेलु महिला सबैभन्दा स्वास्थ्य समस्याबाट ग्रसित भएको भन्दै उनीहरूको उपचार प्राथमिकताको विषय हुनुपर्नेमा जोड दिइन् ।
आजको राशिफलः २०८२ साउन १५ गते बिहिवार
आजको राशिफलः २०८२ असार २६ गते बिहिवार
विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध
आजको राशिफल: २०८२ असार १६ गते साेमवार
काठमाडौं भ्यु टावरका ठेकेदार भेटुवाल पक्राउ
आजको राशिफल: २०८२ असार १ गते आईतवार
भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ
प्रतिक्रिया