बेसीशहरमा कुकुर पाल्न नगरपालिकाको अनुमति अनिवार्य

लमजुङ । लमजुङको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले कुकुर पाल्नका लागि नगरपालिकाबाट अनुमती लिन सर्वसाधरणलाई आग्रह गरेको छ ।
नगरपालिकाले एक सुचना जारी गर्दै निजी रुपले पालिका कुकुरहरुलाई नगरपालिकामा दर्ता गरी अनुमति लिन १५ दिने सार्वजनिक सुचना जारी गरेको हो ।
बेसीशहर नगरपालिकाको क्षेत्रभित्र अत्याधिक रुपमा वेवारिसे तथा घरपालुवा कुकुरहरुको संख्या बृद्धि भई फोहोर प्रदुषण र दुर्घटनासमेत बढेको भन्दै त्यसलाई व्यवस्थापन गर्न नगरपालिकाले सुचना जारी गरेको हो ।
विशेषगरी कुकुरहरुले बजार क्षेत्र अन्तर्गतका सडक छेउमा रहेका घर तथा होटलहरुमा पसी खानेकुरा खाईदिने तथा घरभित्रै पसेर दिसापिसा गरी फोहर बनाउने र सडक पेटी तथा नालीहरुमा जथाभावी रुपमा दिशापिसा गरी फोहर भएको गुनासो आएसँगै त्यसलाइ व्यवस्थापन गर्न नगरपालिका लागि परेको सुचनामा उल्लेख गरिएको छ ।
नगरपालिकाले निजी रुपमा पालिएका कुकुरहरुलाई जथाभावी रुपमा नछाड्न र सडक पेटी, छेउ, भित्ता तथा नालीहरुमा अब्यवस्थित तवरबाट दिशा पिसाव गराउने कार्य बन्द तथा गराउन पनि सोही सुचनामार्फत आग्रह गरेको छ ।
नागरिकबाट गुनासो आए सँगै कुकुर व्यवस्थापनका निम्ती नगरपालिकाले १५ दिनको अवधि दिएर सार्वजनिक सुचना जारी गरेको हो । सो अवधी भित्र घरपालुवा कुकुर नगरपालिकामा दर्ता नगराएमा तथा अनुमति नलिएमा नियमानुसार जरिवाना तथा कारबाही प्रकृया अगाडि बढाईने नगरपालिकाले जनाएको छ ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

बागलुङका गाउँ–गाउँमा किबी खेतीको लहर

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’

देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरको सहयोग

सिक्लेसमा बढ्दो पर्यटक आगमनसँगै व्यवस्थापनको चिन्ता

शतबीज छर्न देवघाटमा भक्तजनको घुइँचो

विदेशबाट फर्केर सामूहिक माछापालन

प्रतिक्रिया