नायक तेज गिरीलाई सिल्भर मेडल
काठमाडौं । पछिल्लो फिल्म ‘प्रेमगन्ज’बाट अत्याधिक चर्चा कमाएका नायक तेज गिरीले बाँके जिल्ला स्ट्रेन्थ लिफ्टिङ्ग संघको आयोजनामा यही कार्तिक १७ र १८ गते नेपालगन्जमा सम्पन्न ‘प्रथम मेयर कप राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाईन बेन्च प्रेस प्रतियोगिता २०८०’को ६८ के.जि. तौल समुहमा रजत पदक जितेका छन् ।
यस प्रतियोगितामा देशभरबाट लगभग ९० जनाको हाराहारीमा खेलाडीहरुको सहभागीता रहेको थियो । यो प्रतियोगितामा उनले पहिलो पटक सहभागिता जनाएका हुन् । उनले पहिलो पटकमा नै दोश्रो स्थान हासिल गर्न पाँउदा खुशी लागेको बताए ।
उनी अभिनित ‘उपहार’को पहिलो गित ‘वाह वाह वाह’ शुक्रबार ओएसआरको युट्युब च्यानलबाट रिलिज भएको थियो । फिल्ममा रेखा थापा, बेनिशा हमाल, पुजा शर्मा, मुकुन भुसाल र समर्पण कार्कीको अभिनय रहेको छ । फिल्म आउँदो फाल्गुन २५ बाट प्रदर्शनमा आउनेछ ।
आजको राशिफलः २०८२ साउन १५ गते बिहिवार
आजको राशिफलः २०८२ असार २६ गते बिहिवार
विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध
आजको राशिफल: २०८२ असार १६ गते साेमवार
काठमाडौं भ्यु टावरका ठेकेदार भेटुवाल पक्राउ
आजको राशिफल: २०८२ असार १ गते आईतवार
भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ
प्रतिक्रिया