राँझा विमानस्थलबाट आपतकालीन उडान

कोहलपुर (बाँके) । जाजरकोट र रुकुमपश्चिम भूकम्पबाट प्रभावित भएपछि पहाडी जिल्लामा राँझा विमानस्थलबाट आपतकालीन उडान भइरहेका छन् । विमानस्थलबाट शनिबारदेखि नेपाल एयरलाइन्सको जहाज र नेपाली सेनाको हेलिकप्टरले आपतकालीन उडान भरिरहेका छन् ।
सेनाको हेलिकप्टरले जाजरकोट र रुकुमपश्चिमबाट भूकम्पका घाइतेलाई उपचारका लागि नेपालगञ्ज ल्याउने र नेपालगञ्जबाट राहत सामग्री बोकेर प्रभावित क्षेत्रतर्फ लैजाने गरिरहेका नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ ।
सोही क्रममा विमानस्थलमा भारतीय वायुसेनाको जहाज आइतबार अवतरण गरेको छ । उक्त जहाजले ११ टन भन्दाबढी आपतकालीन राहत सामग्री ल्याएको थियो । उक्त जहाजमा त्रिपाल, कम्बल र सुत्ने डस्ना, झोला तथा आवश्यक औषधि, पोर्टेबल, भेन्टिलेटरलगायत सामग्री रहेका छन् ।
उक्त जहाजले ल्याएको आपतकालीन सामग्रीलाई सेनाको हेलिकप्टरमार्फत भूकम्प प्रभावित जिल्लाका बस्तीसम्म पु¥याइने छ । घाइतेको उपचार र राहत सामग्री ढुवानीका लागि केही दिनसम्म आपतकालीन उडान भर्नुपर्ने भएकाले विमानस्थलमा उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ । घाइतेको उद्धार र राहत सामग्री बोक्न दैनिक हेलिकप्टर र जहाजले उडान भरिरहेका छन् ।

आजको राशिफल: २०८१ बैशाख ८ गते साेमवार

सलमानको 'सिकिन्दर' लाई धुलो चुटाउने मोहनलालको फिल्म अब ओटिटीमा

एक्कासी कसरी दुब्ला भए जुनियर एनटिआर, तस्विर देखेर फ्यानहरू अचम्मित

आजको मौसमः अरब सागरबाट भित्रिएकाे जल वाष्पयुक्त हावाको प्रभाव रहने

मोहनलालको एम्पुरान बन्यो सबैभन्दा बढी कमाउने मलायालम फिल्म

यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार…

अन्ततः अगस्त १४ मा भिडने भए ऋतिक रोशन र रजनीकान्त

प्रतिक्रिया