बडहरे खोलामा मोटरेवल पुल निर्माण

गोरखा । गोरखाको पालुङटार नगरपालिकामा बडहरे खोला मोटरेवल पुल निर्माण सम्पन्न भएको छ
नगरपालिकाको वडा नम्बर ६ गाईखुर र वडा नम्बर ७ च्याङ्ली जोड्ने मोटरेवल पुल शिलान्यास भएको करिब सात वर्षपछि निर्माण सम्पन्न भएको एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिए ।
तनहुँको विमलनगर, पौवाटार गोरखाको ठाँटीपोखरी केराबारीअन्तर्गत पर्ने दूधपोखरी मार्गमा पर्ने बडहरे खोलामा रु तीन करोड ६३ लाखको लागतमा मोटरेवल पुल निर्माण सम्पन्न भएको उनले बताए ।
सम्झौताअनुसार ठेकेदार कम्पनीले विसं २०७५ मा नै पुलभित्रै पुल निर्माण सम्पन्न गर्नुपर्ने भए पनि ढिला गरी निर्माण सम्पन्न गरेको प्रमुख खड्काले जानकारी दिए । तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि कार्यालयले पटकपटक गरी चार पटकसम्म म्याद थप गरेर काम सम्पन्न गरेको कार्यालय प्रमुख खड्काको भनाइ छ ।
कूल १८ दशमलव ५ मिटर लम्बाइको पुल निर्माण सम्पन्न भएपछि अहिले त्यस क्षेत्रका स्थानीयवासीलाई समेत सजिलो भएको छ ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

बागलुङका गाउँ–गाउँमा किबी खेतीको लहर

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’

देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरको सहयोग

सिक्लेसमा बढ्दो पर्यटक आगमनसँगै व्यवस्थापनको चिन्ता

शतबीज छर्न देवघाटमा भक्तजनको घुइँचो

विदेशबाट फर्केर सामूहिक माछापालन

प्रतिक्रिया