दिमाग खराबको प्रदर्शन नरोकिने

काठमाडौं । फिल्म ‘दिमाग खराब’को प्रदर्शन नरोकिने भएको छ । बिहीवार फिल्म निर्माता र प्रदर्शक संस्था चलचित्र संघबीच प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको हो ।
संघको कार्यालय विशालनगरमा बसेको बैठकपछि महासचिव नरेन्द्र महर्जनले विज्ञप्ती जारी गर्दै मंगलबारसम्म फिल्म प्रदर्शन जारी रहने जानकारी दिएका छन् । उनका अनुसार मंगलबार पुनः अर्को चरणको बैठक बस्ने सहमति भएको छ ।
बैठकमा फिल्मका तर्फबाट निर्माता रौनक विक्रम कँडेल, निर्देशक निश्चल बस्नेत र वितरक गोविन्द शाही सहभागी थिए ।
आफ्नो फिल्मको भन्दा विदेशी फिल्मलाई बढी शो दिएको भन्दै निश्चलले आपत्ति जनाएपछि निर्माण पक्षले शुक्रबारदेखि हलमा फिल्म दिमाग खराब प्रदर्शन गर्ने भन्दै विज्ञप्ती जारी गरेको थियो ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

बागलुङका गाउँ–गाउँमा किबी खेतीको लहर

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’

देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरको सहयोग

सिक्लेसमा बढ्दो पर्यटक आगमनसँगै व्यवस्थापनको चिन्ता

शतबीज छर्न देवघाटमा भक्तजनको घुइँचो

विदेशबाट फर्केर सामूहिक माछापालन

प्रतिक्रिया