बागलुङ कालिका मन्दिरमा तेत्तीस लाख भेटी सङ्कलन

गलकोट (बागलुङ) । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको वृद्धि भएसँगै भेटी सङ्कलनमा पनि वृद्धि भएको छ । मन्दिरमा बडा दसैँको अवधि रु ३३ लाख भेटी सङ्कलन भएको छ । गत वर्षको दसैँमाभन्दा यो वर्षरु १० लाख बढी सङ्कलन भएको छ ।
दसैँको पहिलो दिन घटस्थापनादेखि विजया दशमीको दिनसम्म करिब ६ लाख भक्तजन दर्शनका लागि कालिका मन्दिरमा आएका र रु. ३३ लाख भेटी सङ्कलन भएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।
कालिका मन्दिरमा मुस्ताङ भ्रमणका लागि हिडेका स्वदेशी तथा विदेशी पर्यटकहरु समेत आउन थालेपछि धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको पाइएको हो । कात्तिक महिनामा मात्रै रु. ४९ लाख भेटी सङ्कलन भएकोमा दसैँमा मात्रै रु. ३३ लाख भेटी सङ्कलन भएको हो । गत वर्षको दसैँमा रु. २३ लाख भेटी सङ्कलन भएको खड्काले बताए ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

बागलुङका गाउँ–गाउँमा किबी खेतीको लहर

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’

देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरको सहयोग

सिक्लेसमा बढ्दो पर्यटक आगमनसँगै व्यवस्थापनको चिन्ता

शतबीज छर्न देवघाटमा भक्तजनको घुइँचो

विदेशबाट फर्केर सामूहिक माछापालन

प्रतिक्रिया