हिल प्वाइन्ट माविको वार्षिकउत्सव कार्यक्रम सम्पन्न
पोखरा । पोखरा महानगरपालिका १२ माटेपानीमा रहेको हिल प्वाइन्ट माविको ४३ औ वार्षिकउत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घघाटन गर्दै गण्डकी प्रदेशका शिक्षा निर्देशानलयका महानिर्देशक अम्विका प्रसाद आचार्यले गण्डकी प्रदेशलाई शैक्षिक राजधानी बनाउने योजना रहेको बताउदै विधार्थीहरूलाई यो प्रदेशमा आर्कषण गर्नको लाी विधालयहरूले विभिन्न योजनाको साथ काम गर्नुेपर्ने बताउदै आचार्यले निजि र सामुदायिक विधालय एकआपसमा सहकार्य गरेर शैक्षिक क्षेत्रलाई अगाडि बढाउनुपर्ने बताए ।
कार्यक्रममा विद्यालयका प्राचार्य दिवाकर जैसीले विद्यालयको वार्षिक प्रतिवेदन तथा भावी रणनिति सुनाउदै विद्यालयले विगत केहि वर्ष देखि उत्कृष्ट नतिजा निकाली रहेको बताउदै विद्यालयले ब्यहवारीक शिक्षा तथा प्रविधि मैत्रीमा जोड दिएको बताए । कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय ईकाईका प्रमुख लोकनाथ आचार्य, हिसान कास्कीका अध्यक्ष याम रोका प्याब्शनका केन्द्रिय उपाध्यक्ष बिर बहादुर बुढाथोकी स्कुलका अभिभावक तथा समाजसेवी ऋषिराम लामिछाने लगाएतले विद्यालयको प्रगतीको कामना गरेका थिए ।
कार्यक्रममा लामो समयसम्म कार्यरत शिक्षक शिक्षिकाहरू देवकी सापकोटा,शोभा लामिछाने,देवु गुरूङ,राम कुमार थापा,दिपेन गुरूङ,अउमाया गुरूङ लगाएतलाई सम्मान गरिएको थियो ।
स्कुल व्यवस्थापन समितीका अध्यक्ष विजुली वहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रम शिक्षिका दिव्या जैसीले स्वागत मन्तब्य राखेका थिईन भने शिक्षक,शिक्षिका कपिल अधिकारी र सम्झना अधिकारीले कार्यक्रम सन्चालन गरेका थिए । कार्यक्रममा गत वर्ष विभिन्न विदामा उत्कृष्ट विधार्थीहरूलाई पुरस्कार वितरण गरीएको थियो ।
हिल प्वाइन्ट मा।विमा मोफसलमा नै पहिलो चोटी फाइन आर्टको कक्षा सन्चालन गर्ने विधालय रहेको छ । स्कुलमा साइन्स,व्यवस्थापन, होटल मैनेजमेण्ट विषयमा कक्षा सन्चालन भइरहेको छ ।
प्रतिक्रिया