मुस्ताङमा तोरन्ल गोल्डकप
_FIFOkQoDnw_hsve2eb9s3s1sb3pbidbkcn519gxbjkbxmgtu939oncqud22kfitkfai6wu7_r0DVsvEQBL_ns7a1sbzkkf0n9cnjssql9no9r07fjk7rbuju7gdhu691cz2s09fz8bt8s9e.jpg)
म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामा आजदेखि १२औँ केन्द्रीय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारो खेल्ने (आर्चरी) प्रतियोगिता सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र घाँसा क्षेत्रको आतिथ्यतामा तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा देशका विभिन्न ठाउँका २९ समूहका दुई सय ३२ खेलाडी सहभागी छन् ।
एउटा समूहमा सात खेलाडी रहने छन् । प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सबै थकाली समुदायका खेलाडी हुन् । थकाली समुदायको पौराणिक तारो हान्ने खेलको संरक्षण, खेल पर्यटनको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको आज प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले उद्घाटन गरे ।
समितिले प्रत्येक तीन–तीन वर्षमा तोरन्ल गोल्डकप आयोजना गर्दै आएको छ । प्रतियोगिता सञ्चालन गर्न समितिले तीन वर्षअघि रु ५१ लाखको अक्षयकोष स्थापना गरेको थियो । प्रतियोगिताका विजेताले सुनको पाँच तोलाको मेडल, रनिङ शिल्ड, कप र रु एक लाख पुरस्कार पाउनेछन् । दोस्रो, तेस्रो र सान्तवना हुनेले क्रमश रु ५० हजार, रु २५ हजार र रु १० हजार पुरस्कार पाउने थकाली सेवा समितिका अध्यक्ष गजेन्द्र तुलाचनले जानकारी दिए । सर्वोकृष्ट धनुषकर, विशिष्ट धनुषकर, अनुशासित टोली, ज्येष्ठ र कम उमेरका खेलाडीलाई समेत नगद तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गौचन, प्रदेशसभा सदस्य विकल शेरचन र विमला गौचनले थकाली समुदायको भाषा, कला, संस्कृति र संस्कारको संरक्षणमा जोड दिए । मुस्ताङ उद्गम थलो भएका थकाली समुदायले तारो खेललाई मौलिक परम्परा मान्छन् । परापूर्वकालमा खेतीबाली लगाएर थन्क्याएपछि मनोरञ्जनका लागि तारो खेल्ने चलन थियो । तारो खेलमा बाँसको धनुषवाण र जरबुटाको तीर हुन्छ । करिब डेढ सय मिटर वारिपारि राखिएका दुईवटा फल्याकमा तीर हान्ने गरिन्छ ।
जुन समूहले धेरैपटक फल्याकमा तीर हान्छ उसैले प्रतियोगिता जित्ने गर्छ । फल्याकको बीचमा राखिने गोलो आकारको सानो भागमा तीर कोपेपछि गोल भएको मानिन्छ । प्रतियोगिताको उद्घाटन हुनुपूर्व थकाली समुदायको जातीय पहिचान झल्कने झाँकी र बाजागाजासहित घाँसा बजार परिक्रमा गरिएको थियो ।

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

स्वर्गीय महेन्द्र बहादुर कार्कीको सम्झनामा रक्तदान

पूर्वराजाको स्वागतमा आज राजावादीहरुले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

पौडेलद्वारा कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा

आजको राशिफल: २०८१ फाल्गुण १९ गते सोमवार

काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने

साउथ इन्डियन फिल्म ‘मारको’को ‘नक्कल गरेर’ पर्सामा १९ वर्षीय युवकको यसरी गरियो…

प्रतिक्रिया