पोखराको पर्यटन प्रवद्र्धन गर्न वाणिज्य सङ्घको जिल्ला यात्रा

गण्डकी । पोखराको पर्यटन प्रवद्र्धन तथा निजी क्षेत्रका साझा मुद्दामा सहकार्य बढाउने उद्देश्यले पोखरा उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलले देशका विभिन्न उद्योग वाणिज्य सङ्घको भ्रमण गरेको छ ।
पर्यटनको राजधानीमा आन्तरिक पर्यटक भित्र्याउन सङ्घको टोलीले भक्तपुर, धुलिखेल, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, उदयपुरको कटारी र त्रियुगा, सुनसरीको धरान, झापाको बिर्तामोड, इलाम, पाँचथर, तेह्रथुम,महोत्तरीको बर्दीबास तथा मकवानपुरको मकवानपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीलाई भेटेर आपसी सहकार्य र साझेदारीमा जोड दिएको हो । भ्रमण पूरा गरेर सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको टोली बुधबार फर्केको हो ।
जिल्लामा भएका छलफलमा तीनवटै तहका सरकारसँग निरन्तर समन्वय एवं साझेदारी गर्दै उत्पादकत्व वृद्धि, आर्थिक विकास एवं लगानी सुरक्षा तथा प्रवद्र्धनमा लाग्ने प्रतिबद्धता व्यक्त भएको अध्यक्ष प्रजापतिले बताए । लगानीको वातावरण बन्दै गएको र त्यसलाई अझ विश्वसनीय बनाउन सरकारीस्तरबाट सक्दो सहयोग हुनुपर्नेमा उद्यमी–व्यवसायीले जोड दिएका थिए ।

आजको राशिफल: २०८१ बैशाख ८ गते साेमवार

सलमानको 'सिकिन्दर' लाई धुलो चुटाउने मोहनलालको फिल्म अब ओटिटीमा

एक्कासी कसरी दुब्ला भए जुनियर एनटिआर, तस्विर देखेर फ्यानहरू अचम्मित

आजको मौसमः अरब सागरबाट भित्रिएकाे जल वाष्पयुक्त हावाको प्रभाव रहने

मोहनलालको एम्पुरान बन्यो सबैभन्दा बढी कमाउने मलायालम फिल्म

यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार…

अन्ततः अगस्त १४ मा भिडने भए ऋतिक रोशन र रजनीकान्त

प्रतिक्रिया