आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान

गोरखा । गण्डकी गाउँपालिकाले पालिकाभित्रका अतिविपन्न परिवारको आयआर्जन बढाउन अनुदानमा बाख्रा वितरण गरेको छ ।
अतिविपन्न परिवार तथा एकल महिलाको जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले चालु आर्थिक वर्षमा बाख्रा वितरण गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए ।
‘पालिकाभित्रकै पशुपालक किसानबाट खरिद गरेर सूचीकृत भएका अतिविपन्त परिवार र एकल महिलाको आर्थिकस्तरमा सुधार ल्याउन बाख्रा वितरण गरिएको हो’, उनले भने, ‘यसबाट अनुदान पाएका परिवारको आयआर्जन बढाउँदै जीविकोपार्जनमा सहज हुने विश्वास छ ।’
स्थानीय पशुपालक किसानले उत्पादन गरेका बाख्रा खरिद गरेर वितरण गरेकाले स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाइ छ । गाउँपालिकाले पालिकामा सूचीकृत भएका अति विपन्न परिवारलाई ‘गरिबसँग विश्वेश्वर कार्यक्रम’ र एकल महिला जीविकोपार्जन कार्यक्रमअन्तर्गत अनुदानमा बाख्रा वितरण गरेको हो ।
कार्यक्रमबाट ३३ अतिविपन्न परिवार तथा एकल महिला लाभान्वित भएको उनले बताए । गरिबसँग विश्वेश्वर कार्यक्रममार्फत अनुदानका लागि वडा नं ३, ४ र ५ का २७ जना अतिविपन्न परिवार छनौट भएका थिए । एकल महिला जीविकोपार्जन सहयोग कार्यक्रममार्फत तीनवटा वडाका छ जना छनौट भएका छन् । छनौटमा परेका सबैलाई अनुदानमा बाख्रा वितरण गरिएको छ ।

आजको राशिफल: २०८२ असार १ गते आईतवार

भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

भाजपा सांसद कंगना रनावतले गर्ने भइन हलिउडमा डेब्यु

आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने र तीन प्रदेशमा हिमपात

आजको मौसमः तीन प्रदेशका पहाडी भागमा पानी पर्ने

आजको राशिफल: २०८१ बैशाख ८ गते साेमवार

प्रतिक्रिया