ब्ल्याक छायाँको बुट्टे रुमाल सार्वजनिक

काठमाडौं । लंका फिल्म प्रालिको व्यानरमा निर्मित चलचित्र ‘ब्ल्याक छायाँ’ को बुट्टे रुमाल.... बोलको गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।
आगामी साउन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘ब्ल्याक छायाँ’ मा मायाँप्रेम र सस्पेन थ्रिर्लरलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको कारण चलचित्र व्यवसायिक रुपले सफल रहने विश्वास निर्देशक आरएल लामा मुक्तानले लिएका छन् ।
सार्वजनिक बुट्टे रुमाल... गीतका शब्द डिबि खनाल, संगीत राजेन्द्र बजगाई, स्वर भुवन प्यासी र मेलिना राईको रहेको छ ।
चलचित्रमा नीर शाह, सुनील थापा, धीरेन शाक्य, सलोन बस्नेत, सुष्मा कार्की, जान्हवी वस्नेत, बुध्दि तामाङ, रुविना कार्की, सोभित वस्नेत, रविन्द्र झा, निमा दार्जे मुक्तान, आरएल लामा मुक्तान लगायतको अभिनय रहेको छ ।
चलचित्रका निर्माता रेल्लुमाया तामाङ, बिन दुरुङच्याङ मगर ‘मैना’, आर. सोनाम मुक्तान हुन । खड्ग लामा मुक्तान प्रस्तुतकर्ता रहेको ब्ल्याक छायाँमा सहनिर्मातामा सोशिका तामाङ, ‘रजनी’, श्याम बहादुर मुक्तान ‘डेबिट’ रहेका छन् ।

भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

भाजपा सांसद कंगना रनावतले गर्ने भइन हलिउडमा डेब्यु

आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने र तीन प्रदेशमा हिमपात

आजको मौसमः तीन प्रदेशका पहाडी भागमा पानी पर्ने

आजको राशिफल: २०८१ बैशाख ८ गते साेमवार

सलमानको 'सिकिन्दर' लाई धुलो चुटाउने मोहनलालको फिल्म अब ओटिटीमा

प्रतिक्रिया