नेपालगञ्जमा महिला क्याम्पस स्थापना

खजुरा (बाँके) । यहाँका महिलाहरू उच्च शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नेपालगञ्जमा महिला क्याम्पस स्थापना गरिएको छ । विशेष गरी मधेसी र मुस्लिम समुदायका किशोरीलाई लक्षित गरी स्थापित ‘मङ्गलप्रसाद महिला कलेज’ मा अध्ययन गर्न आउनेको आकर्षण बढेको छ ।
करिब रु पाँच करोडको लागतमा ४० कोठे भवन निर्माण गरी पठनपाठन सञ्चालन गरिएको कलेजका प्रमुख रवीन्द्रकुमार कर्णले बताए । उनका अनुसार महिला कलेजमा छात्राबासको व्यवस्थासमेत गरिएको छ । कलेजले अहिले बिबिएच, चार वर्षे बिएड र बिएससीका कक्षा सञ्चालन गर्दै आएको छ ।
पूर्वाञ्चल विश्व विद्यालयसँग सम्बन्धन प्राप्त कलेजले न्यूनतम शुल्कमा गुणस्तरीय र किशोरीमैत्री वातावरणमा अध्ययपन गराउँदै आएको प्रमुख कर्णले बताए । एक सय ३० किशोरी विभिन्न सङ्कायमा अध्ययन गरिरहेका छन् । कलेजले लगनशील, गरिब तथा अति विपन्नलाई छात्रवृत्ति प्रदान गरेको भन्दै विशेष गरी मधेसी र मुस्लिम समुदायका किशोरी रहेका उनले जानकारी दिए ।
मङ्गलप्रसाद माध्यामिक विद्यालयले भाडामा दिएको १४ कठ्ठा जमिनमा निर्माण गरिएको उक्त कलेज सञ्चालनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले व्यवस्थापन गर्दै आएको छ । कलेज सञ्चालनमा आएपछि नेपाली छात्रालाई भारतलगायत छिमेकी मुलुक गएर अध्ययन गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

आजको राशिफल: २०८१ बैशाख ८ गते साेमवार

सलमानको 'सिकिन्दर' लाई धुलो चुटाउने मोहनलालको फिल्म अब ओटिटीमा

एक्कासी कसरी दुब्ला भए जुनियर एनटिआर, तस्विर देखेर फ्यानहरू अचम्मित

आजको मौसमः अरब सागरबाट भित्रिएकाे जल वाष्पयुक्त हावाको प्रभाव रहने

मोहनलालको एम्पुरान बन्यो सबैभन्दा बढी कमाउने मलायालम फिल्म

यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार…

अन्ततः अगस्त १४ मा भिडने भए ऋतिक रोशन र रजनीकान्त

प्रतिक्रिया